• शुक्रबार-चैत-१६-२०८०

सेयर बजार ८.१५ अंकले बढ्याे, कारोबार रकम भने घट्यो

 

काठमाडौं ।  सेयर बजारमा मंगलबार कारोबार रकम घटेको छ । कारोबार रकम घटे पनि परिसूचक भने ८.१५ अंकले बढेर २१७३.२५ विन्दु आएर रोकिएको छ । 

 

कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १० को स्थिर रहृयो । सोमबार भने ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो । २४८ कम्पनीको कारोबारमा ८३ लाख १८७ कित्ता सेयर खरिदबिक्री हुँदा मंगलबार ३ अर्ब भन्दाबढीको कारोबार भएको छ ।

 

विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंक बढे ।

 

सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत वृद्धि भएको छ । सूर्योदय लघुवित्तको ९.७ प्रतिशत र मैलुङखोलाको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक अगाडि रहे ।

प्रतिकृया दिनुहोस