🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजार ८.१५ अंकले बढ्याे, कारोबार रकम भने घट्यो

काठमाडौं ।  सेयर बजारमा मंगलबार कारोबार रकम घटेको छ । कारोबार रकम घटे पनि परिसूचक भने ८.१५ अंकले बढेर २१७३.२५ विन्दु आएर रोकिएको छ । 

कुल १०९ कम्पनीको मूल्य बढ्दा ८९ को घट्यो भने १० को स्थिर रहृयो । सोमबार भने ३ अर्ब ८६ करोड रुपैयाँको कारोबार भएको थियो । २४८ कम्पनीको कारोबारमा ८३ लाख १८७ कित्ता सेयर खरिदबिक्री हुँदा मंगलबार ३ अर्ब भन्दाबढीको कारोबार भएको छ ।

विकास बैंक ९, फाइनान्स ७७, होटल तथा पर्यटन १०, जलविद्युत् २८, जीवन बीमा १, माइक्रोफाइनान्स ४, निर्जीवन बीमा ६०, अन्य ३९ र ब्यापार उपसमूह ४ अंक बढे ।

सानिमा जनरल इन्स्योरेन्सको मूल्य १० प्रतिशत वृद्धि भएको छ । सूर्योदय लघुवित्तको ९.७ प्रतिशत र मैलुङखोलाको मूल्य सबैभन्दा धेरै ५.४ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा नेपाल टेलिकम, शिवश्री हाइड्रो, अपी पावर, माथिल्लो तामाकोसी र एनआईसी एसिया बैंक अगाडि रहे ।