🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पिपुल्स हाइड्रोपावरले ९६ करोडको आईपीओ निष्कासन गर्ने, प्रत्याभूतिकर्तामा नागरिक लगानी कोष

काठमाडौं। पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन प्रक्रिया अघि सारेको छ । कम्पनीले ९६ लाख कित्ता सेयरको ९६ करोड बराबरको प्राथमिक सेयर निष्कासनको तयारी थालेको हो । 

कम्पनीले नागरिक लगानी कोषलाई प्रत्याभूतिकर्तामा छनोट गर्ने सम्झौता गरेको छ । शुक्रबार भएको सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र हाइड्रोपावरको तर्फबाट कम्पनीका प्रवन्ध सञ्चालक केशवबहादुर रायमाझीले हस्ताक्षर गरेका हुन् । 

उक्त हाइड्रोपावरले लमजुङको दोर्दी नदीबाट ५४ मेगावट विद्युत् उत्पादन गर्नेछ । हाइड्रोपावरको निष्कासन तथा बिक्री प्रवन्धको रूपमा सानिमा क्यापिटल छ । उक्त कार्यक्रममा कोषको तर्फबाट विभागीय प्रमुख शोभा श्रेष्ठ, उपव्यवस्थापक नारायणप्रसाद घिमिरे लगायतका अधिकारीलगायतको उपस्थिति थियो ।