🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

 हाम्रा नेताहरुमा भन्दा बढी स्वाभिमान कुकुरमा देखेपछि…!

 “आहतोँ का भी अपना एक अहङ्कार होता है”(गजानन माधव मुक्तिबोध,भारत ) ।

  गोलाञ्जोरको खुर्कोटस्थित जनज्योति निमाविमा पढ्दैदेखि कालिञ्चाेकको नाम सुनेको थिएँ । ‘कुखुरा काटी भोग दिऊँला, मोहर राखी ढोग दिऊँला ,कान्छीलाई चाँडै फकाईदेऊ कालिञ्चोके माई’ कुमार बस्नेतको गीतमा ।

कुमार बस्नेत त दोलखे नै थिए, म कान्छोकी कान्छी पनि दोलखे तामाकोशी गाउँपालिका अन्तर्गत पर्ने जफे मालुकी पोखरेलकी छोरी नै परिन–अझ सञ्जोग पनि कस्तो भने सासुआमाले कालिञ्चाेक भगवतीसँग छोरी माँगेर जन्मिएकी जेठी भने पनि कान्छी भनेपनि एऊटै छोरी ।

(१) सहकारीका जस्तै महकाढी नहोस :

यसरी मेरी कान्छीको मनलाई फकाएर मलाई मनपराएर जिन्दगीसँगै विताउन मञ्जुर गराउन पक्कै कालिञ्चाेके माईले आशीर्वाद दिएको हुनुपर्छ भनेर पनि हुन सक्छ म कालिञ्चोके भगवती माईलाई  मात्र हैन कान्छीलाई चाँडै फकाईदेऊ कालिञ्चोके माइ गीत बनाउनेदेखि लिएर गाऊने गायक कुमार बस्नेतलाई पनि त्यत्तिकै आदर तथा श्रद्धा गर्छु ।

कालिञ्चाेक केवलकार प्रालिको आइपीओ खुलेको छ भनेर उक्त प्रालिका तेह्रथुम आठराई सक्रान्ति निवासी सिइओ अशोक सिवाकोटीले फोनबाट भनेको केही छिनपछि पोहोर कालिञ्चाेक घुमेर आएदेखि गृहकार्य गर्दा समेत कालिञ्चाेकको गफ चुट्ने नाति विशोक सेन न्यौपानेले पनि गृहकार्य गर्न विचमै छोडेर ‘हजुर बुबा कालिञ्चाेकमा पैसा बढ्ने के खुलेको छ रे, मेरो पनि बाबाले गर्ने रे हजुरले बिर्सिनु होला नि फेरि ’ भन्दै उर्दी जारी गरे ।

‘यसमा पक्कै पनि कालान्तरमा धार्मिक भाइरस हावी भएर जिम्मेवारी स्वाभिमान गुमाउँदै सहकारीका महकाढी जस्तो  हुँदैन’भन्ने जस्ता दृढ विश्वास मेरो मनले सिर्जना गरेपछि एकातिर आस्था विश्वासको धार्मिक सम्बन्ध र अर्कोतिर कालिञ्चोक माईसँग हाम्रो परिवारिक भावनात्मक सम्बन्ध रहेकाे छ ।   यही मेसाेमा कालिञ्चाेक प्रालिको आईपीओको प्रक्रिया बुझ्न र मिलाउन नेपालको पहिलो बैङ्क तथा आफूले पनि जीवनमा पहिलो पटक मासिक रू. ५ सय तलवमा बि.सं.२०३९ सालमा तेह्रथुमको आठराई सक्रान्ति गएर नासु स्तरको वरिष्ठ सहायकमा जागिर खाएको थिएँ ।

त्यही पुरानाे नाताकाे नेपाल बैङ्कको नजिकको शाखामा गएर फर्किदा भक्तपुरकाे हनुमन्त खोलामा दुईवटा दृष्य देखेँ ।एउटा दृष्य हनुमन्ते खोलामा स्थानीय निर्वाचन पछि झन बढी फोहाेर फाल्ने प्रवृत्ति बढेको रहेछ । अर्को चाहिँ तीन वटा डुल्याहा कुकुरहरुले त्यही खोलाको किनारमा जन्माएर नजिक नजिक हुर्काउँदै गरेका १४ वटा छाउराहरुको दृश्य ।

(२) निराश्रय मन :

निराश मनहरूकों पनि एउटा स्वाभिमान हुन्छ, स्वाभिमानी घमण्ड हुन्छ । पाव्लो नेरुदा आफ्नो कविता ’देश निकाला’मा भन्नु हुन्छ–“बाँच्नु एक जरूरी जिम्मेवारी हो ।” स्वाभिमानी निराश मनहरूकों पनि एउटा जिम्मेवारी हुन्छ र जीवन्त रूपमा बाँचेका हुन्छन् । ''

\"\"

जाडोको मौसम सुत्केरी हुँदा खानपिनको समस्या कठै ! कति निराश्रय मनले गुजारा गरिरहेका होलान ती कुकुरका छाउराहरुले । तर, पनि उनीहरुको जिम्मेवारी थियो हाम्रा नेताहरुले हामी जनतालाई पाल्नको लागि  राजनीति गर्ने भन्दै देश बाहिरका शक्तिहरुसँग लम्पसार परेको जस्तै गरेर ती कुकुरहरूले बच्चाहरु लिएर घर घरमा गएर पकाएको बास्ना सुँघेर प्रवेशद्वारको अगाडि छाउरा सन्तान पाल्न स्वाभिमान बन्धक राखेर लम्पसार परेका थिएनन् ।

ती कुकुरका बच्चाहरु हामीलाई देख्नेसाथ खुसीले पुच्छर हल्लाउँदै खेल्न थाले । ती भर्खर जन्मिएका कुकुरका छाउराहरुमा समेत मैले हाम्रा नेताहरुमा भन्दा बढी स्वाभिमान देखेँ ।

\"\"
गाउँ गाउँमा सिंहदरवार भनिन्थ्याे यहाँकाे नगरपालिका वा भनाै स्थानीय तहकाे सिंहदरबारका चिल्ला सुकिला नव निर्वाचित जनप्रतिनिधि हुन् कि राजनीतिक हाकिमहरुलाई हनुमन्तेको फोहर दुखेन : प्रकृति, वातावरण र जनस्वास्थ्यप्रतिको गैरजिम्मेवार निर्लज्जता ! जिम्मेवारिता एवं स्वाभिमानी अभिमानको पाठ कुकुरहरुले मानिसलाई सिकाईरहेका थिए ।

(३) रजगज :

अरुले कृपा गरेको ‘रजगज’(शब्द सापटी लेखक, वरिष्ठ सञ्चारकर्मी, हरिबहादुर थापाको पुस्तकबाट) को खुसीमा लम्पसार पर्ने वा दाश नै हुन चाहनेहरू निराश्रय निराश नभएपनि स्वाभिमान गुमाएकाहरू हुन ।

नेपालको सामाजिक पर्यावरणमा भन्दा ‘पथभ्रष्ट चुनावी खर्चका नाटक’ले धानेको संसदीय राजनीतिको पर्यावरणमा गैरजिम्मेवार स्वाभिमान गुमाएका पात्रहरू छरपष्ट भएर यत्रतत्र भेटिन्छन्(पूर्व सचिव राम कुमार आचार्यको भ्रष्टाचार पुस्तक विमोचनको सन्दर्भमा राष्ट्रिय योजना आयोगका पूर्व अध्यक्ष तथा बुद्धिजीवी एवं अर्थशास्त्री डा.स्वर्णिम वाग्लेको मन्तब्य सुने पछि मलाई–मेरो मनमा फुरेको शब्दहरु हुन–‘पथभ्रष्ट चुनावी खर्चका नाटक’) ।

जनताको सार्वभौम मतको कदर गरेर हाम्रा पछाडि दुखैले नै गुजारा गरिरहेका अधिकांश जनमन छन् भन्ने हेक्का नराखी गैरजिम्मेवार तथा स्वाभिमान गुमाएका पात्रहरू जिऊँदो लाश हुन ।

“ क्रान्ति गरी नेपालीले प्रजातन्त्र ल्यायो
गरिबको रामराज्य तर कहाँ पायो !
नेपाल गौरव हाम्रो यो राम्रो यो पञ्चैको सरकार ।।”

\"\"
जनताले कुनै बेला स्वाभिमान साथ गाएको माथिको यो गीत फेरि जनताले गाएमा ज्यूँदो लाशहरुलाई केही फरक पर्दैन । ज्यूँदो लाशहरु सुल्टो तस्बिरलाई पराधीन र गैरजिम्मेवार मानसिकतामा उल्टाउँदै  हावामा चमत्कार गरेको भनेर जनमनमा भ्रम छरिरहेका हुन्छन् ।

(४) रगत नै उम्लिए पछि लेख्न सकसक :

“ रक्त्त वर्षों से नसों में खौलता है,
आप कहते है क्षणिक उत्तेजना है”(–दुष्यन्त कुमार,कवि–साहित्यकार । हिन्दुस्तान  । ) ।

मैले क्षणिक उत्तेजनामा यो लेखेको हैन  । सहेर भोगेर लेखेको हुँ । याे जीवनमा अरु कति राजनीतिक चर्तिकलाहरु देख्नु पर्नेछ, सहनु पर्ने,र भोग्नु पर्नेछ ।

 (स्वतन्त्र लेखनमा संलग्न लेखक बराल नेपाल सरकारका पूर्व कर्मचारी हुन ।  बिम्ब, छवि चित्र श्रेय :  लेखक स्वयंबाट ।  मिति २०७९ माघ ०४ गते)