🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

देउवा दाई ! नयाँ युगको नयाँ कांग्रेसबारे साेचाैं है : अनि हारेर पनि जितेका शेखर दा\’लाई बधाई !!

कुनै दलको सदस्य नभए पनि सर्वसाधारण नेपाली नागरिकको हैसियतमा यो बधाई-शुभकामना दिंदैछु ।

(१) राजनीतिमा नेताको भविष्यको निर्धारण धेरै परिस्थितिहरुले तय गर्दा रहेछन । राजनीतिमा स्पष्टता र सामाजिक सम्बन्ध (Socialize )को छुट्टै स्थान हुन्छ । “ यो चुच्चे नक्सा भारतले भनेर नै ओलीले केपी निकालेका हुन”; “केपीओलीले लात हानेपछि प्रचण्ड रन्थनिएका हुन” ;  “कर्मचारी युनियनले राम्रो काम गरेर अरु ट्रेडयूनियनलाई उछिने भैहाल्योनि उनीहरूलाई किन गाली गर्नु” मनमा केही नराखी स्पस्ट भन्नेमा प्रम शेरबहादुर देउवा पनि हुनुहुन्छ । उहाँ देउड़ा नाच्नु पनि हुन्छ-सुदूरपश्चिचिमेको कार्यक्रममा पुगी हाल्नु हुन्छ ।

(२)  ४० वर्ष भन्दा अघिको कुरा हो । जयतुसंस्कृतम योद्धा रामप्रसाद नेऊपाने (विकिपीढ़िया ) को माइलों  छोरा अनि मेरो माइलों भाञ्जा कुशश्री नेऊपाने लॉ पढ्दै गरेको विद्यार्थी भएपनि शिव बहादुर खड्का र शेरबहादुर देउबालाई छोड्दैनथे । साथी जस्ता व्यवहार गरेपनि दुबैलाई ‘दाई’ भनेर सम्बोधन गर्थे । मीना खड्का–पाण्डेका तिहारमा सबै सँगै टीका पनि लाऊँथे ।

रु.४.५ भरप्लेट खाना डिल्लीबजार र जामे मस्जिदतिर खान पाइनथ्यो। जहाँ खाए पनि प्रायसँगै खाना खाँनथे । उधारों रजिस्टरमा लिखित चलथ्यो– मामातिर हेरेर विद्यार्थी नेता भाँजा कुशश्रीले अँध्यारो अनुहार पार्दा म मामाले दुःख साझा गर्थें ।

\"\"

  काठमाडौंमा कुशमात्र पढ्थे अरु मामा आएको बखत सबैले मायाँ गर्थे । जागिरखाने सिलसिलामा म काठमाडौं आऊँथें । त्यतिबेला एक पटक कुश भाञ्जाले परिचय शेरबहादुर देउबाज़्यूसँग गराउनु भएको थियो-उहाँ अलि मौन बस्ने र सोझों स्वभावका हुनुहुन्थ्यो । पूर्व सचिव शिवचंद्र श्रेष्ठ सहित थुप्रै पधाधिकारीले शिव दाईलाई मान्दथिएँ ; ज्ञान-विश्लेषण-सक्रियतामा शिवदाई अग्रिम थिए र मैले एकदिन लौ बहुदल आए त शिवदाई पक्कै प्रधानमंत्री पनि भनेको थिएँ । ……र, पोहोर शिव बहादुर दाईको देहावसनले उहाँको राजनीतिक यात्रामा पनि पूर्णविराम भयो ।

(३) भाञ्जा कुशले वामदेब गौतमज़्यूको करीब २५ वर्ष अगाडिको स्थानीय चुनावमा बागमती प्रदेशका एमाले पूर्व अर्थमन्त्री कैलाश ढुंगेलसँग रामेछाप जिल्ला विकास समितिको सभापति पदमा कांग्रेसको तर्फबाट उम्मेदवार भए र कैलाशजीसँग पराजित हुनुभो राजनीतिमा त्योभन्दा माथि जान सक्नु भएन-उनकी माइली बहिनी नानू नेऊपाने त्रिविवि सभा सदस्य एबं पदमकन्या क्याम्पसकी स्ववियू सभापतिको २०५२ सालमा बस दुर्घटनामा स्वर्गबास भएपछि विक्षिप्त भएको नेऊपाने परिवारमा अहिले उनकी कान्छी बहिनी पीके पूर्व स्ववियू सचिव एंजिला, महाधिवेशन प्रतिनिधि-कान्छी बहिनी ज्वाँई प्रदीप पौडेल, महामंत्री उम्मेदबार-रामेछापका पूर्व काँग्रेस जिल्ला सभापति पनि हुनु भएका र हाल कान्छारामसँग नेका जिल्ला शभापति पराजित दाजु लवश्री- जेठो छोरा शशांक,बागमती प्रदेश प्रतिनिधि  र जेठी बुहारी मेलिना शाह, नेबिसङ्घ केन्द्रीय सदस्य सबै नेपाली काँग्रेसको राजनीतिमा सक्रिय छन ।

\"\"

(४)मिना दिदीको अस्वस्थ हुनुहुन्छ-उहाँ पद्मकन्या क्याम्पसकी स्ववियू सभापतिदेखि लिएर सांसद मंत्रीसम्म हुनु भयो ।

(५) .. .. अनि अलि मौन बस्ने र सोझों स्वभावका शेरबहादुर देउबाज़्यू पटक पटक प्रधानमन्त्री हुनु भो र कोइराला परिवारबाट नेकाको सभापति पदमा दोहोरिने अहिलेसम्मको पहिलो कांग्रेस नेता पनि हुनुभयो ! राजनीतिमा नेताको भविष्यको निर्धारण धेरै परिस्थितिहरुले तय गर्दा रहेछन । आदरणीय शेरबहादुर देउवाज़्यूलाई हार्दिक बधाई तथा आगामी दिनमा सबैलाई मिलाएर बलियो संगठन बनाउनु हाेस् कार्य कालमा अझ बढ़ी सफलताको लागि पुनः शुभकामना !!!

(६) “ महाधिवेशनमा पराजित  भए पनि जबरजस्त नेताका रुपमा उदाए शेखर”(-नयाँ पत्रिका ,केशवप्रसाद पाण्डे, दीपेश शाही, हिमाल पौडेलको रिपोर्ट ,२०७८ मँसिर २९ गते ); ‘शेखर कोईराला हारेर पनि जिते’(- रमासिंह ,पूर्व महिला फुटबाल खेलाडी–समाचार वाचक-राप्रपा नेताको २०७८ मँसिर २९ गतेको फेसबुकवालबाट ) ।  
(७) यसैगरी अर्को विचार यस्तो छ : “आदरणीय नेता शेखर दाई, तपाईंले चुनावी नतिजाको परिणाम हारेको छ तर राजनीति चाहिँ जितेको छ।

अब कहिल्यै राजनीतिक संस्कार हार्न नदिनु तपाईंको नैतिक जिम्मेवारी, राजनीतिक दायित्व र मतको परिणामको सन्देश हुन । हामीले तपाईंलाई राजनीति पाठ सिकाउनु पर्दैन तैपनि सचेत गरिरहनु जिम्मेवार कार्यकर्ताको दायित्व हो ।

  नेतृत्व परिवर्तनको पक्षमा उत्साही भएर दिएको प्रतिनिधिहरुको मतलाई सधैं निराश बन्न नदिनु होला । सभापति शेर बहादुर देउवाको राम्रो पक्ष(सही)कार्यलाई पूर्वाग्रह नराखी नि:सर्त सहयोग र समर्थनको भावना राखौं र गलत कार्यप्रति सशक्तरुपमा प्रतिरोधगरि प्रतिपक्षको भूमिका निर्वाह गरिने क्षमता राखौं ।

विगतमा झैं भातृसंगठनहरुको हत्या, विभागहरु गठनको नाममा औपचारिकतामा सीमित, शुभेच्छुक संघ/संस्थाहरुलाई अपांगता बनाउने खराव/गलत कार्यप्रति मौन समर्थन नगरौं । गलत कार्यको विरोध गर्नु, कमजोरीको आलोचना गर्नु राजनीतिक प्रतिशोध होइन, लोकतन्त्रको विशेषता र मान्यता हो ।

आम कार्यकर्ताको भावना समेट्ने प्रण गर्नु तपाईंले पाएको १८५५(४०.१२%) मतको तागत हो भने विरोध गर्ने आवाज पनि हो । विगतमा गरिएको कमीकमजोरीलाई सुधार गरि आम कार्याकर्ताको भावनालाई समेट्नु नेतृत्वको परीक्षण र जिम्मेवारी हो । केही अराजनीतिक कार्याकर्ताको अमर्यादित अभिव्यक्ति, उच्छृङ्खल गतिविधि र अराजकता व्यवहारलाई नियन्त्रण गर्न सक्नु पहिलो दायित्व रहने छ ।

सल्लाह र सुझाव दिने नाममा चाकडी गर्ने, भक्त बन्ने र जयजयकार गरिने प्रवृत्तिसँग टाढा राख्न सकिएन भने उत्साह, एकता र रुपान्तरण वा "नयाँ युगको नयाँ कांग्रेस" भन्नुको कुनै अर्थ रहँदैन । "एक पटक, यसै पटक"को संकल्प अर्थात् प्रतिज्ञा पत्र प्राय कांग्रेसजनको हातमा पुगेको छ ।

बेवास्ता नगरौं, बृहत् छलफल गरौं र निरन्तर वकालत गरौं । परिवर्तनकारी भन्न सजिलो हुन्छ नै तर परिवर्तनकारी भेट्न र बन्न मुस्किल हुन्छ ! यहीँ जटिल र यथास्थितिभित्र रुपान्तरण कांग्रेस जन्मिने प्रण गर्न सकिए लाखौं परिवर्तनकारी साथमा रहने छन् ।

उहीँ बोलीमा एक, व्यवहार अनेक भैदिएमा बोतल फेरेको देखिएला तर राक्सीको स्वाद कहिल्यै फरक पाइदैन । नेतृत्वले विभेद गरि जिम्मेवारी दिएको खण्डमा योग्य, दक्ष र अनुभवी कार्याकर्तालाई जिम्मेवारी दिलाउनु वा संरक्षण गर्नु भागबन्डा खोजिएको होइन तर नातागोता, चाकरीवाला, अयोग्यलाई जिम्मेवारी दिनु भागबन्डा खोजिएको स्पष्ट देखाउनु हो ।

तपाईंसँग कमजोरी नै छैनन्, सबै गुणले उपयुक्त भन्न खोजिएको र तपाईंको हरेक एजेन्डासँग १००% सहमत रहन्छ भन्न खोजिएको पनि होइन बरु विमति र असहमति धेरै रहन्छ ।

आम सर्वसाधारण नागरिकले गरिएको राजनीतिप्रति घृणा, वितृष्णता, अविश्वास र निराशको भावनालाई तोड्ने सुरुवात गरिन्छ कि भन्ने विश्वास लिएको हो अझैं विश्वास गरिएको छैन बरु अपेक्षा चाहिँ गरिएको छ ।

लोकतन्त्र रक्षा गर्नु, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक, धर्म निरपेक्ष, समानुपातिक समावेशी सहितको व्यवस्था रहेको संविधानलाई जोगाउनु र अस्थिर राजनीतिको संकटलाई अन्त्य गराउनु हामी लोकतन्त्रप्रेमीहरुको कर्तव्य हो । कमजोरीको आलोचना, गलत कार्यको विरोध र सुदृढ संगठन बनाउने, विचार प्रवाह गराउने अभियानप्रति नि:स्वार्थ सहयोग रहने छ । म एक शुभेच्छुकको नाताले संवाद र बहस निरन्तर रहने छ । हार्दिक शुभकामना शेखर दाई ! (सेतेमान तामाङ, संघीय महाधिवेशन प्रतिनिधि धादिङ – २को २०७८ मँगसिर २९ गतको फेसबुकवालबाट)

(८ )आदरणीय शेखर कोइरालाज़्यूलाई ‘अभिमन्यू’ ‘एक्लो बृहस्पति मान्ने समर्थकहरू पनि सामाजिक सञ्जालमा भेटिए-आखिरमा हारेर पनि अभिमन्यूले इतिहास बनाएकै हून-संगठन सञ्चालनमा केही कमजोरीको बाबजुद यो महाधिवेशनमा उहाँको सम्मानजनक एकल शकत्ती प्रदर्शनले हारेर पनि विजयी हुनुभएको छ-बधाई ।
शेखर बिनाको नेपाली काँग्रेसको कल्पना कुनै नेका नेता -कार्यकर्ताले नगरून  ।

मोहनविक्रम सिंह -मोहन वैद्य -माधव  नेपाल-प्रकाश चंद्र लोहनी, पशुपति शमशेर जस्ता आदरणीय पाका नेताहरुदेखि मिर्गाैला फेरेका नेपालको सबभन्दा ठूलो दलका पाका अधक्षय क. केपी ओलीज़्यूको सक्रियता अनि बेला बखत राजा ज्ञानेन्द्रबाट राजनीतिमा देखाउने गर्नु भएको चासो समेतले राजनीति गरनेहरूलाई अझ हौसला दिई नै रहेको अवस्थामा  जनता र देशका सबै मुद्दाहरुमा सबल औं सपस्ट- देशभक्त-रास्ट्रियतापूर्ण धारणा राखेर सबैलाई समेटेर अझ बढ़ी सामाजिक(Socialize)हुँदै-पार्टी भित्र हुन सक्ने अराजनीतिक खेल एवं राजनीतिक बेमानीहरूलाई गहिरो विश्लेषण गर्न सक्ने थप क्षमता समेत विकास गरी अगि बढ्नुस् आदरणीय शेखर कोइरालाज़्यू शुभकामना !!!
बिम्ब साभार ( image courtesy ): सोशल मिडिया,२०७८ मंसिर २९ गते  
( लेखक नेपाल सरकारका पूर्व महानिर्देशक हुन )