🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

उच्च र जिल्ला अदालतमा माघ २ गतेदेखि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय

काठमाडौं । सर्वोच्च अदतलतको पूर्ण बैठक ९फुलकोर्ट०ले देशभरका उच्च र जिल्ला अदलतमा पनि गोलाप्रथाबाट पेसी तोक्ने निर्णय गरेको छ । बुधबार बसेको फुलकोर्टले माघ २ गतेदेखि उच्च अदालत र जिल्ला अदालतमा पेसी तोक्नका लागि गोलाप्रथा अपनाउने निर्णय गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा सहभागी नभएको न्यायाधीहरुको पूर्ण बैठकले यस्तो निर्णय गरेको हो। सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथा लागू भइसकेको छ।

सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका अनुसार माघ २ गतेबाट उच्च अदालत र जिल्ला अदालतमा गोला प्रणालीबाट पेसी तोक्ने निर्णय गर्दै त्यसका लागि आवश्यक पर्ने कानुनी व्यवस्था गर्न निर्देशन दिएको हो । गोलाप्रथाबाट पेसी व्यवस्थापन गर्न निर्देशिका तयार पार्न फुल कोर्टले सर्वोच्च अदालत प्रशासनलाई निर्देशन दिएको थियो ।

सर्वोच्च अदालतका न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले तयार पारेको प्रतिवेदनमा अदालतका विकृति हटाउन गोलाप्रथा बाट पेसी तोक्न सुझाव दिइएको थियो । तर प्रधानन्यायाधीश राणाले त्यसको कार्यान्वयन गरेका थिएनन् । राणा विरुद्ध आन्दोलन चर्कदै जाँदा सर्वोच्चमा गोलाप्रथाबाट पेसी तोक्न थालिएको थियो । तर, उच्च र जिल्ला अदालतमा पनि गोलाप्रथाको माग गर्दै आन्दोन जारी रहँदा उक्त निर्णय कार्यान्वय गर्ने निर्णय भएको हो ।