🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

तीन महिनापछि बल्ल प्रचण्डबाट गजुरेल कमरेडकाे खाेजी

 माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग सम्बन्ध विग्रेर बोलचाल नै बन्द भएका नेता हरिबोल गजुरेल चुनावपछि पहिलोपाटक खुमलटार पुुगेका छन् । प्रचण्डले आफू संकटमा परेपछि गजुरेललाई छलफलका लागि बोलाएका हुन् ।

प्रधानमन्त्री पद खोजिरहेका प्रचण्डलाई कांग्रेसले नदिने अडान राखेपछि प्रचण्डले खुमलटारमा रणनीतिक छलफल गर्न नेताहरु बोलाएका थिए ।

 २०७९ पुस १० गते आईतवार विहानै प्रचण्डले ती नेताहरुलाई छलफलका लागि बोलाएका थिए । गजुरेललाई पनि प्रचण्डले बोलाएपछि उनीहरुवीच सम्बन्ध सुधारको प्रयास हुन थालेको पनि बताइएको छ ।

४ मंसिरको चुनावका लागि सिन्धुलीमा टिकट नपाएको भन्दै गजुरेल प्रचण्डसँग रुष्ट थिए । कतिसम्म भने आफ्नै जिल्लामा माओवादी उम्मेदवारलाई हराउने  भूमिका पनि भित्रभित्रै खेलेका थिए । आफूले भन्दा मान्ने नेताहरुलाई बोलाएर एमाले उम्मेदवारलाई सहयोग गर्न आग्रह गरेका थिए ।

टिकट नपाएको झोँकमा रहेका गजुरेलले प्रचण्डलाई असन्तुष्टि पत्र पनि बुुझाएका छन् । साथै, पदाधिकारी बैठक बोलाएर आफूूले टिकट नपाएको विषयमा छलफल गर्नुपर्ने माग राखेका थिए ।

  २०७९ असोज २३ गतेदेखि प्रचण्डसँग संवादमा नरहेका गजुरेल एक्कासि पुस १० गते आइतवार बोलाइएका हुन् । लामो समय प्रचण्डसँगको निकट रहेका वरिष्ठ नेता गजुरेलले प्रचण्डलाई संकटको बेलामा रणनीतिक छलफलमा साथ पनि दि“दै आएका थिए ।

प्रचण्डस“ग संवाद टुटे पनि गजुरेलले पार्टी भने छोडेका थिएनन् । टिकट नपाउनुको कारण पदाधिकारी बैठकमा प्रष्ट पार्नुपर्ने उनको माग थियो । प्रचण्डले उनको मागको सुनवाई गरेका थिएनन् । तर, जब कांग्रेस सभापति शेरबहादुर देउवाले सरकार बनाउँदा प्रचण्डलाई प्रधानमन्त्री बनाउन नसकिने अडान राखेपछि संकटमा रहेका प्रचण्डले गजुरेललाई खुमलटार बोलाएको माओवादी स्रोतको भनाइ छ ।

 आफ्नो कोर टीमका शीर्ष नेताहरुलाई प्रचण्डले खुमलटार बोलाएका थिए । नारायणकाजी श्रेष्ठ, देव गुरुङ,  गिरिराजमणि पोखरेल, वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेतलाई बोलाएका थिए

। प्रचण्डले कोर टीमका नेताहरुलाई बोलाउँदा गजुरेल पनि परेका कारण प्रचण्डले फेरि विश्वासमा लिन खोजेको अर्थमा विश्लेषण हुन थालेको छ ।