🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नेपालमा एमसीसी पास गराउन महत्वपूर्ण भूमिका खेल्ने दुईजना उच्च कूटनीतिज्ञ बाइडेनद्वारा पुरस्कृत

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासमा कार्यरत दुईजना उच्च कूटनीतिज्ञ एकसाथ राजदूत नियुक्त भएका छन् । राजदूत ¥याण्डी बेरी साथै उनको डेपुटीका रुपमा कार्यरत म्यानुअल पी माइकलरलाई एकैसाथ राष्ट्रपति जो बाइडेनले राजदूत नियुक्त गरेका हुन् ।

हिजोमात्रै प्रकाशित ह्वाइट हाउसको सूचना अनुसार बेरी नेपालबाट नामिबियाका लागि राजदूत नियुक्त भएका छन् भने माइकलर ताजकिस्तानका राजदूत नियुक्त भएका हुन् ।

एमसीसी पारित गर्नका लागि अर्थपूर्ण भूमिका निर्वाह गरेका कारण उनीहरुलाई एकसाथ राजदूत नियुक्त गरिएको हुनसक्ने कूटनीतिक क्षेत्रमा चर्चा गर्न थालिएको छ ।

नेपालस्थित अमेरिकी दूतावासमा कार्यरत दुईजना अधिकारी एकसाथ राजदूत भएको यो पहिलोपटक हो । नेपालमा राजदूत भइसकेका राजदूतहरुमध्ये केहीमात्रै पुनः राजदूत नियुक्त भएका थिए ।

तर, यो पटक भने दुवैजना एकसाथ राजदूत नियुक्ति भएको विषयलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ । नेपालमा अमेरिकी प्रभाव विस्तार गर्न सफल भएको र एमसीसी पारित गर्नका लागि अर्थपूर्ण भूमिका निर्वाह गरेका कारण उनीहरुलाई एकसाथ राजदूत नियुक्त गरिएको हुनसक्ने कूटनीतिक क्षेत्रमा चर्चा गर्न थालिएको छ ।

  नेपालमो संविधान जारी गर्ने बेलामा बेरी नेपालमा डेपुटीको भूमिका थिए । उनले नेपालको संविधानमा अमेरिकी स्वार्थ अनुसारका काम गर्न सकेको भएको नेपालमा राजदूत बनाएर पठाएको चर्चा हुने गरेको थियो । आफू डेपुटी हुँदा राजदूत रहेका एलिना टेप्लिजलाई विस्तापित गरेर बेरी नेपालका लागि राजदूत भएका थिए ।