🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कोरोना जोखिम भत्ता नपाएको भन्दै भीम अस्पतालका स्वास्थ्यकर्मी आन्दोलित

 
 
भैरहवा, १३ असार : कोभिड महामारीको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता हालसम्म पनि नपाएको भन्दै स्वास्थ्यकर्मीहरूले आपत्ति जनाएका छन् । 

आफूहरुले ज्यानलाई जोखिममा राखी कसैले हेर्न पनि नखोजेको विरामीका लागि अहोरात्र खटिए पनि हालसम्म कोरोना जोखिम भत्ता नपाएको भीम अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरूले बताएका छन् । 

उनीहरूले संघर्ष समिति गठन गरी आन्दोलन गर्नुपर्ने स्थिति आएको बताए । २०७८ वैशाखदेखि पुससम्म खटिने स्वास्थ्यकर्मीहरूलाई सरकारले कोरोना जोखिम भत्ता दिने निर्णय गरे पनि हालसम्म पनि नपाइएको स्वास्थ्यकर्मी गोपाल उपाध्यायले भने ।

‘हामीले धेरै पर्ख्यौं अझैसम्म पनि सरकारले बेवास्ता गरेकाले बाध्य भएर यो अवस्थामा आउनुपरेको हो,’ उनले भने । अस्पतालका कर्मचारीले ७ असारमै संघर्ष समिति बनाएर आन्दोलनमा गएको उपाध्यायले बताए ।

भीम अस्पतालका १७४ जना स्वास्थ्यकर्मीले जोखिम भत्ताबापतको रकम पाएका छैनन्। उनीहरूले साउनदेखि पुससम्मको एक करोड ४९ लाख ८० हजार रकम लिनुपर्नेछ । प्रदेश सरकार र संघीय सरकारले ५०–५० प्रतिशत जोखिम भत्ता ६ महिनाका लागि दिने उदघोष् गरेका थिए । 

संघर्ष समितिका सचिव जनकराज पन्तले अरु जिल्ला रकम आए पनि कोभिड डेडिकेटेड अस्पतालका स्वास्थ्यकर्मीले केही रकम नपाएपछि आन्दोलन गर्नुबाहेकको विकल्प नरहेको बताए । 

।