काठमाडौँ, १७ जेठ । आज प्रज्ञा भवन कमलादीमा संयुक्त प्रतिपक्षी विद्यार्थीको आयोजनामा व्यापक अन्तरक्रिया र शैक्षिक आन्दोलन घोषणा कार्यक्रम सम्पन्न गरिएको छ।
सो कार्यक्रम अखिल (क्रान्तिकारी) अध्यक्ष आलोक रायमाझीले वर्तमान सरकारले समाजवादी शिक्षाको मजाक बनाएको आरोप लगाएका छन्। साथै जस्तोसुकै परिस्थितिमा पनि शिक्षा र स्वास्थ्यलाई निशुल्क र सर्वशुलभ बनाएरै छाडिने उदघोष पनि गरेका छन् ।
त्यसैगरी बिप्लब निकट क्रान्तिकारीका अध्यक्ष चिरञ्जीवी ढकालले शिक्षा क्षेत्रमा भएको बदमासी नरोकिए कडा आन्दोलन गर्ने कुरा राखेका छन्।
त्यसैगरी नयाँ शक्ति विद्यार्थी अध्यक्ष श्याम बाबु गौतमले शिक्षाको ब्यापार रोक्नु पर्ने कुरा राखेका थिए । सो कार्यक्रममा शिक्षाविद् प्रा. डा बिद्या नाथ कोइराला, शिक्षा मन्त्रालयका सहसचिव डा हरि अधिकारी, प्याब्सन महासचिव राजेन्द्र बानियाँलगायतले शैक्षिक विषयमा उठेका विषयबस्तुमा आआफ्नो धारणा राखेका थिए।
संयुक्त विद्यार्थी आन्दोलन समितिले यहीँ जेठ २१ गते आम शैक्षिक हडतालको घोषणा पनि गरेको छ ।



