🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

बबई गाउँपालिकामा कांग्रेस प्यानलसहित विजयी 

दाङ  । बबई गाउँपालिकामा नेपाली कांग्रेसले जिते छ । अध्यक्षमा कांग्रेसका कुलबहादुर केसी र उपाध्यक्षमा बमकुमारी खड्का विजयी भएका छन् । अध्यक्षमा निर्वाचित केसीले ६ हजार ६१५ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भुवनेश्वर पौडेलले पाँच हजार ५३८ मत प्राप्त गरे । पौडेलले २०७४ सालमा गाउँपालिका अध्यक्ष जितेका थिए । यसपटक पनि पार्टीले उनैलाई उम्मेदवार बनाएको थियो ।

गाउँपालिका अध्यक्षमा नेकपा माओवादीका केन्द्रका भिमबहादुर वलीले दुई हजार १८ मत मात्र प्राप्त गरे । यहाँ उपाध्यक्षमा नेपाली कांग्रेसकी बमकुमारी खड्काले ६ हजार ४०० मत प्राप्त गरी विजयी हुँदा उनकी निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी सावित्रा विश्वकर्माले पाँच हजार ४१४ मत प्राप्त गरिन् । उनी पनि यसअघि सोही गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी थिइन् ।

माओवादीकी उपाध्यक्ष पदकी उम्मेदवार अञ्जु घर्तीले दुई हजार २५६ मत प्राप्त गरिन् । बबईका सात वटा वडामध्ये चार वडामा नेपाली कांग्रेस र तीन वडामा नेकपा एमाले विजयी भएको छ ।