🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सेयर बजार १६.३९ अंकले वृद्धि

काठमाडाैं । साताको दोश्रो तथा काराेबारकाे पहिलाे दिन साेमबार सेयर बजार १६.३९ अंकले वृद्धि भएकाे छ ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १६.३९ अंकले बढेर १८७४.८७ विन्दुमा पुगेको छ ।

क वर्गको सेन्सेटिभ इन्डेक्समा पनि वृद्धि भएको छ । सेन्सेटिभ इन्डेक्सको ४.९३ अंकले बढेर ३७०.८६ विन्दुमा पुगेको हो । १८५ कम्पनीको कारोबार हुँदा ११० कम्पनीको मूल्य बढेकाे छ भने ६५ कम्पनीको मूल्य घटेको छ । साथै १० कम्पनी स्थिर रहे ।  

१८५ वटा कम्पनीका २५ लाख ७४ हजार ९७५ कित्ता सेयर किनबेच हुँदा ६९ करोड ७३ लाख १७ हजार ६११ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

डेभल्पमेन्ट बैंकबाहेक सबै कम्पनीहरूमा उकालाे लागेको छ । जीवन बिमा २५.४१, होटल तथा पर्यटन ४२.४८, निर्जीवन बिमा २३.५५, बैकिङ २०.०९, फाइनान्समा १२.६४, हाईड्रो पावरमा १.९७, ट्रेडिङ २०.१, माईक्रो फाइनान्समा १४.०८ र म्युचुअल फण्डमा ०.१, अन्य २०.७५ ले वृद्धि भएको छ । 

त्यसैगरी, सयपत्री हाइड्रो पावरको सेयर मूल्य २८.५० र नेपाल एस.वि.आई बैंककाे २२.०० ले बढेको छ । एन.आई.सि.एसिया बैंकको ६ करोड १७ लाख २१ हजार बढिको कारोबार भएकाे छ भने एभरेष्ट बैंकको ४ करोड ३९ लाख १७ हजार ७७ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएकाे छ ।