🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कृषिबाटै बार्षिक २० लाख कमाएपछि रमेशकाे चर्चा

 

कैलाली, १४ चैत । गाउँघरमा केही छैन, केही गर्न सकिन्न भन्दै निराश बनेका युवाका लागि प्रेरणाका स्रोत बन्नुभएको छ– कैलालीको घोडाघोडी नगरपालिका–४ का २५ वर्षीय रमेश चौधरी ।

प्राविधिक शिक्षातर्फ धेरैको आकर्षण छ, प्राविधिक शिक्षा लिएका धेरै युवाको पहिलो रोजाइँ एउटा आकर्षक तलब सुविधासहितको नोकरी हो, तर कृषि प्राविधिक पढ्नुभएका रमेश चौधरी भने व्यावसायिक किसान बनेर वार्षिक लाखौँ कमाउछन । 

प्राविधिक शिक्षा पढ्नुभएका चौधरीको मन कहिले नोकरीमा गएन । सानैबाट खेतीपातीमा रमाउने चौधरी परिश्रममा विश्वास गर्ने भएका कारण विदेशी भूमिमा भन्दा आफ्नै माटोमा सफलता खोज्न लागिपरिरहनुभएको छ । आफ्नै माटोमा भविष्य खोज्न सफल हुनुभएको छ । 

कृषिप्रतिको लगावकैै कारण उनी अहिले व्यावसायिक रूपमा तरकारी र कुखुरापालनमा व्यस्त छन । विद्यालय अध्यापनमा मध्यमखालका उनलाई बुबाले पढाइ जारी राख्न दबाब दिन्थे । उनको भने पढाइभन्दा खेतीपातीमा बढी ध्यान थियो । पढीलेखी राम्रो ठाउँमा जागिर खाला भन्ने उनको बुबाको सपना पूरा गर्न नसके पनि व्यावसायिक किसान बनेर अहिले छोराले राम्रो आम्दानी गर्न थालेका कारण बुबा रामलाल पनि खुशी छन । १८ महीने कृषि जेटिए पढेका उनी विगत तीन वर्षदेखि तरकारी र कुखुरापालनमा सक्रिय छन ।

घोडाघोडी नगरपालिकास्थित सीताकुण्ड माध्यमिक विद्यालयको जमीन भाडामा लिएर व्यावसायिक रुपमा कृषिमा लागेका उनी तरकारी र कुखुरापालनबाट गतिलो आम्दानी गरिरहेका छन । उनले पाँच बिघा १७ कठ्ठामा विभिन्न जातका मौसमी र बेमौसमी तरकारी फलाएर गाउँकै अगुवा किसान बनेका छन । उनको बारीमा काउली, बन्दगोभी, गोलभेँडा, भेडेखुर्सानी, भन्टा, फर्सी, काँक्रालगायतका तरकारी छन् ।

तरकारीबाट मात्रै महीनामा रु ३० हजारको आम्दानी गर्दै आउनुभएका उनले तरकारीसँगै कुखुरापालन र केराखेती पनि गर्दै आएका छन । “१० कठ्ठामा केराखेती गरेको छु, राम्रै आम्दानी भएको छ”, चौधरीले भने, “एक पटकमा चार हजार ५०० कुखुराका चल्ला हाल्छु । पोल्टीफार्मबाट पनि वार्षिक सरदर रु २० लाख आम्दानी हुने गरेको उनले  बताए । 

रु पाँच लाख लगानीबाट कुखुरापालन शुरु गरेका उनले एक वर्षयतादेखि बरुण पोल्टी सप्लायर्स सञ्चालन गरी किसानलाई दाना र चल्ला दिँदै आएका छन । उनले पालेका लेयर्स जातका कुखुरा कृषिक्षेत्रमा कार्यरत सङ्घसंस्थाले खरीद गरी लैजाने गरेका छन् ।

“गतवर्ष बजार व्यवस्थापन नहुदा तरकारी कुहिएर खेर गएको थियो”, उनले भने, “अहिले भने बजारको समस्या कम भएको छ ।” युवालाई कृषिमा लाग्न प्रोत्साहन गर्ने उद्देश्यले हाम्रो हात नेपाल र सशक्तीकरण युवा सहयोग नेपाली संस्था खोलेको उनले बताए । रासस