झापा, कार्तिक ९ गते । झापाको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमक र प्रहरी चौकी केर्खाबाट खटिएको प्रहरी टोलीले कमल गाउँपालिका-३ स्थितमा चेक जाँचको क्रममा मे.५ प ९८१८ नम्बरको मोटरसाइकलमा सवार रहेका अर्जुनधारा नगरपालिका-९ झापाका २६ वर्षीय अजय माझी र २८ वर्षीय अर्जुन राजबंशीलाई १० ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट बसपार्क बिर्तामोडबाट खटिएको प्रहरी टोलीले अर्जुनधारा नगरपालिका-११ स्थित चिया बगाउन छेउमा संकित अवस्थामा रहेका अर्जुनधारा-११ का ३४ वर्षीय दिनेश दर्जी र ३८ वर्षीय राज कुमार कार्कीलाई चेकजाँच गर्दा उनीहरुको साथबाट २१ ग्राम ब्राउन सुगर बरामद भएसंगै पक्राउ गरेको हो ।
ब्राउन सुगर सहित पक्राउ परेका चारै जनाको सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।



