🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

काठमाडौं महानगरपालिकाका निर्देशक, उपनिर्देशक र इन्जिनियर समेत पाँच विरूद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं।  काठमाडौं महानगरपालिका वडा नं. १२, टेकुस्थित भवन निर्माण गर्न ठेक्का नं. 33185-077-78-NCBW-KMC को लागि सार्बजनिक सूचनामार्फत बोलपत्र आव्हान बमोजिम बिद्युतीय बोलपत्र प्रक्रियाबाट प्राप्त बोलपत्रहरुको मूल्यांकन प्रतिवेदनमा गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको  आराेपमा  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निर्देशसहितका कर्मचारीविरूद्ध भ्रष्टाचारमा मुद्दा चलाएकाे छ ।

 महानगरपालिका वडा नं. १२, टेकुस्थित भवन निर्माण गर्न ठेक्कामा धाँधली गरेकाे उजुरी सम्बन्धमा अख्तियारबाट निजहरूका सम्बन्धमा अनुसन्धान  हुँदा टेकु स्थित भवन निर्माणको लागि ठेक्काको प्राविधिक मूल्यांकन प्रक्रियामा काठमाडौं महानगरपालिकाका निर्देशक भैरव बहादुर बोगटी, खरिद इकाई प्रमुख उप-निर्देशक बखत बहादुर साउद, उप-निर्देशक सुमन अधिकारी, उप-निर्देशक बीर बहादुर खड्का र इन्जिनियर उमेश कुमार बुढाथोकीले गलत लिखत तयार गरी निर्माण व्यवसायी छनौट गरेको हुँदा निजहरुको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको कसुर देखिएकोले मूल्याङ्‍कन प्रक्रियामा सहभागी भई गलत लिखत तयार गरेकाे आराेपमा भ्रष्टाचार निवारण ऐन अन्तरगत अख्तियारले मुद्दा चलाएकाे छ ।   

अख्तियारका अनुसार,  निज प्रतिवादीहरुलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमोजिमको सजाय हुन मागदावी लिई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३५ बमोजिम २०७८ मंसिर २९ गते  विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।