🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ३-० को अग्रता

काठमाडौं । फरवार्ड रश्मीकुमारी घिसिङ, सविता राना मगर र कुशुम खतिवडाको गोलमा यु(१९ महिला साफ च्याम्पियनसिपअन्तर्गत श्रीलंकाविरुद्ध नेपालले ३(० को अग्रता बनाएको छ । ढाकामा जारी खेलमा पहिलो हाफको सुरुवाती १० मिनेटभित्र दुई गोल गर्दै नेपालले पहिलो हाफ आफ्नो नियन्त्रणमा राखेको हो । नेपालले श्रीलंकालाई पूर्ण रूपमा दबाबमा राखे पनि अन्यले गोल भने गर्न सकेनन् ।

फरवार्ड कुशुम खतिवडा र डिफेण्डर सविना चौधरीलाई स्थान दिँदै प्रशिक्षक श्रेष्ठले दोस्रो खेलमा बुधबार श्रीलंकाविरुद्ध विमला विक र दिपा शाहीलाई बाहिर राखेका हुन् । श्रीलंकाविरुद्ध नेपाली टोलीका कप्तान गोलरक्षक अन्जना राना मगरले समाल्नेछिन् । यस्तै, डिफेन्समा सलोनी राना मगर, सविना चौधरी, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का र मेनुका कुमारी आले मगरले निरन्तरता पाएका छन् ।

मिडफिल्डरमा प्रिती राई, सविता राना मगर, रश्मी कुमारी घिसिङले स्थान बनाउँदा फरवार्डमा रजनी थोकरसँगै कुशुमले मौका पाएकी छिन् । अघिल्लो खेलमा भुटानविरुद्ध कुशुमले ४८ मिनेटपछि मात्र मौका पाउँदा सविना भने बेन्चमै थिइन् । आज श्रीलंकाविरुद्ध नेपाल पहिलो जितको खोजीमा रहनेछ । नेपाल पहिलो खेलमा आयोजक बंगलादेशसँग गोलरहित बराबरीमा रोकिएको थियो ।

नेपाली टोली

गोलरक्षक – अन्जना रानामगर ‘कप्तान’

डिफेन्डर– सविना चौधरी, सलोनी राना मगर, रोजिना श्रेष्ठ र मन्जु कुमारी खड्का

मिडफिल्डर– मेनुका कुमारी आले मगर, प्रिती राई, रश्मीकुमारी घिसिङ र सविता राना मगर

फरवार्ड– रजनी थोकर र कुशुम खतिवडा