🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा एपिएफलाई स्वर्ण पदक

कास्की । विभागीय सशस्त्र प्रहरी बलको एपिएफ क्लबले फेन्सिङ खेलको महिला ‘टिम फोयल’ विधामा स्वर्ण पदक जितेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालास्थित व्याडमिन्टन कोर्टमा  आज सम्पन्न फाइनलमा ‘फेन्सिङको महिला टिम इभेन्ट’मा बागमती प्रदेशलाई ४५–३६ अङ्कले पछि पार्दै एपिएफ च्याम्पियन बन्न सफल भयो ।

फेन्सिङ खेलमा एपिएफको यो दोस्रो स्वर्ण पदक हो । उपविजेता बनेको वागमतीले रजत पदक प्राप्त गर्दा गण्डकी प्रदेश र आर्मीले कास्य पदक पाए । यही असोज २४ देखि जारी फेन्सिङ खेलको हालसम्मको पदक तालिकामा बागमती प्रदेश शीर्ष स्थानमा छ ।

हालसम्म बागमतीले चार स्वर्ण र दुई रजतसहित छ कास्यपदक जितेको छ । विभागीय टोली आर्मीले तीन स्वर्ण, पाँच रजत र सात कास्यसहित १५ पदक जितेर बागमतीलाई पछ्याइरको छ ।

यसैगरी एपिएफ दुई स्वर्ण, तीन रजत र छ कास्यपदकसहित ११ पदकका साथ तृतीय स्थानमा छ । सुदूरपश्चिम प्रदेशले एक स्वर्ण र दुई कास्यसहित तीन पदक र प्रदेश नं १ ले तीन कास्यसहित पाँचौँ र आयोजक गण्डकी प्रदेशले दुई पदक जितेको छ । 

नवौँ राष्ट्रिय खेलकुदको शुक्रबार औपचारिक शुभारम्भअगावै केही खेल असोज २३ देखि पोखरामा जारी छन् । समय अभाव र पूर्वाधार अपुग भएपछि केही खेललाई अघि सारेर प्रतियोगिता सञ्चालन गरिएको हो । —