🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

घरेलु मैदानमा मनाङको संघर्षपूर्ण जीत, शीर्षमा उक्लियो

 

पोखरा, १७ पुस : मनाङ मर्स्याङ्दी क्लब ब्रिगेड ब्वाइज क्लब (बिबिसी)लाई हराउँदै पुनः लिग तालिकाको शीर्षमा उक्लिएको छ । शनिबार होम ग्राउण्डमा ब्रिगेडविरुद्ध १–० को संघर्षपूर्ण जीत निकालेसँगै १६ अंकसहित मनाङ फेरि शीर्षमा पुगेको हो । 

मछिन्द्रले पुलिसलाई नजिते मनाङ एएफसी कपमा छनोट हुने भएको छ । मनाङ भन्दा एक खेल कम खेलेको मछिन्द्र १४ अंकका साथ दोस्रो स्थानमा छ । छनोटका लागि मछिन्द्र र पुलिसबीचको खेल कुर्नुपर्ने हुन्छ । पुलिसले बराबरीमा रोके मात्रै पनि मनाङ छनोट हुनेछ ।

कप्तान अञ्जन विष्टले पहिलो हाफको इन्जुरी समयमा गरेको गोल नै मनाङलाई जित्न काफी भयो । दुवै टिमले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सही दिशा दिन सकेनन् । 

१६औं मिनेटमा मनाङका आदित्य चौधरीले ब्रिगेडका शिशिर लेखीलाई फउल गरेपछि पाएको पेनाल्टीलाई शिशिरले सदुपयोग गर्न सकेनन् । शनिबारको खेलमा मनाङका कप्तान अञ्जन विष्ट म्यान अफ दी म्याच र मनाङकै प्रवेश कुँवर इर्मेजिङ प्लेयर घोषित भए । मनाङले आठौं चरणको खेल अर्को शनिबार च्यासल यूथ क्लबसँग पोखरा रंगशालामा नै खेल्ने छ ।

न्युज कारखाना

Latest News