🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवौँ राष्ट्रिय खेलकुद : फेन्सिङमा APF का राजेन्द्र, Army की रमा र ओमकारलाई स्वर्ण पदक

कास्की । पोखरामा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आजको खेलमा तीन स्वर्ण पदकको छिनोफानो भएको छ ।

\"\"

\"\"

फेन्सिङतर्फ ‘एकल सेभर’ विधातर्फ एपीएफका राजेन्द्र गजुरेल, महिलातर्फको ‘फोयर’ विधामा आर्मीका रमा सिंह र पुरुषतर्फको ‘इपि विधा’ मा बागमती प्रदेशका ओमकार सिंहले स्वर्ण पदक जित्नुभएको छ । पोखरा रङ्गशालास्थित ब्याडमिन्टन हलमा भएको प्रतिस्पर्धाको साँझ सम्पन्न खेलमा एपीएफका गजुरेलले टिमका लागि पहिलो स्वर्ण दिलाउनुभयो ।

उहाँले यस अगाडि सातौँ राष्ट्रिय खेलकुदमा टिम इभेन्टमा रजत, आठौँमा टिम र एकलतर्फ रजत पदक जित्नुभएको थियो । सेभरमा नेपाल आर्मीका उपेन्द्रबहादुर शाहीले रतज पदक हासिल गर्नुभयो भने आर्मीकै रघुवीर चन्द्र र एपीएफका खेमराज खत्रीले कास्य पदक हासिल गर्नुभयो । महिला तर्फको फोयरमा स्वर्ण पदक विजेता सिंहले सातौँ राष्ट्रिय खेलकुदमा स्वर्ण र आठौँमा रजत पदक हासिल गर्नुभएको थियो ।

एपीएफका मनिषा राईले रजत पदक र एपीएफकै मनिसा थापा र अनिता अधिकारीले कास्य पदक हात पार्नुभयो । पुरुषतर्फको इपि विधामा स्वर्ण जित्ने सिंहले आठौँमा पनि स्वर्ण पदक जित्नुभएको थियो । इपिमा आर्मीका राम थापाले रजत पदक जित्नुभयो ।

त्यसैगरी गण्डकी प्रदेशका विजय अधिकारी र एपीएफका मीन कार्कीले कास्य पदक जित्न सफल हुनुभयो । गण्डकी प्रदेशका अधिकारी पहिलो पदक जित्न सफल हुनुभयो । हालसम्म फेन्सिङको अङ्क तालिकाअनुसार आर्मी शीर्ष स्थानमा छ ।

आर्मीले दुई स्वर्ण, तीन रजत र चार कास्यसहित नौ पदक प्राप्त गरेको छ । यसैगरी बागमती प्रदेश दुई स्वर्ण, एक रजत र एक कास्य गरी चार पदक प्राप्त गरेको छ । सशस्त्र प्रहरी एक स्वर्ण, दुई रजत र छ कास्यसहित नौ पदकका साथ तेस्रो स्थानमा छ । सुदूरपश्चिम प्रदेश एक स्वर्ण पदकसहित चौथो स्थानमा छ ।

यसैगरी आयोजक गण्डकी प्रदेश एक कास्यसहित पाँचौँ स्थानमा रहेको छ । प्रदेश नम्बर एकले अहिलेसम्म पदक जित्न सकेको छैन । प्रतियोगितामा आजका विजेता खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङलगायतले पदक वितरण गर्नुभयो ।

(तस्बिरहरू : नवौं राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा सम्पन्न फेन्सिङ खेलका विजेताहरु । तस्बिर : राधिका कँडेल, रासस)

रासस