🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

नवौँ राष्ट्रिय खेलकुद : पुरुष ह्याण्डबलमा बागमतीको जित

गण्डकी । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष ह्याण्डबलमा बागमतीले जित दर्ता गरेको छ । पोखरा रङ्गशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा आज भएको खेलमा बागमतीले आफ्नो दोस्रो खेलमा मधेस प्रदेशमाथि २१–१३ को अन्तरले जित हासिल गरेको हो । 

बागमतीका लागि सोनाम राकेश शेर्पाले सर्वाधिक पाँच गोल गर्नुभयो । पहिलो खेलमा विभागीय आर्मीसँग ८–४३ ले हार बेहोरेको बागमतीले यो जितसँगै महत्वपूर्ण तीन अङ्क जोडेको    छ ।

लगातार दोस्रो खेलमा पराजित मधेश भने अङ्कविहीन छ । मधेसले पहिलो उद्घाटन खेलमा १३–६६ ले हार व्यहोरेको थियो ।

 रासस