काठमाडौं उपत्यका ट्राफिक प्रहरीद्वारा कारवाहीको क्रममा आर्थिक वर्ष २०७८-०७९ सम्म खिचिएका कागजपत्र (सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव र सवारी ईजाजतपत्र) यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउने भएकाे छ ।
उपत्यका ट्राफिक प्रहरीद्वारा खिचिएका कागजपत्र (सवारी चालक अनुमति पत्र, सवारी दर्ता किताव र सवारी ईजाजतपत्र) लामाे समयदेखि सम्बन्धित व्यक्तिहरूले लिन नआएपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरीले २०७९ असोज ३१ गते भित्र यातायात व्यवस्था कार्यालय मिनभवनमा पठाउन लागिएको बताएकाे छ ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरीले सेवाग्राहीलाई गत आर्थिक वर्षको असार मसान्त सम्मको कागजपत्र उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा २०७९ असोज ३१ गते भित्रै लिन आउन पनि अनुराेध गरेकाे छ ।



