🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा

वीरेन्द्रनगर । विगत तीन दिनदेखि परेको अविरल वर्षका कारण वीरेन्द्रनगर उपत्यकाको तल्लो तटीय क्षेत्र डुबानमा परेको छ । वीरेन्द्रनगर नगरपालिका–९ को पर्सेनी, लबस्ता, तीलपुर, इटौरा, घोग्रेनीलगायतका क्षेत्र डुबानमा परेका हुन् । 

निरन्तर वर्षाका कारण उपत्यकाको तल्लो क्षेत्र डुबानमा परेपछि स्थानीयवासी घर छोडेर सुरक्षित स्थानतिर लागेका छन् । धानबाली सबै डुबाएको छ । वर्षाले जलमग्न वीरेन्द्रनगर उपत्यकाको दक्षिणतर्फको क्षेत्रमा जिल्ला प्रशासन कार्यालयका कर्मचारी र जनप्रतिनिधिले अवलोकन गरेका छन् । 

साथै उक्त क्षेत्रमा बिहानदेखि नै सुरक्षाकर्मीको टोली परिचालन भइरहेको छ । उक्त क्षेत्रमा सबै परिवारलाई सुरक्षाकर्मीको टोलीले उद्धार गरेर सुरक्षित ठाउँमा सारेको छ । डुबानले पाक्नै लागेको सबै धान भने बाढीले नष्ट बनाएको स्थानीयवासीले बताएका छन् । 

हाल मानवीय क्षति कुनै पनि नभएको प्रहरीले जनाएको छ ।    जिल्लाका मुख्य राजमार्ग तथा अन्य सडक पहिराको कारण सवारी आवतजावतमा कठिनाइ भएको छ । पहिरो हटाउँदै सवारी आवतजावतलाई सहज बनाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी  दिनुभयो । 

उहाँका अनुसार बाढी प्रभावित क्षेत्रका स्थानीयवासीलाई सुरक्षित स्थानतर्फ सारिएको छ । 
–––