🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कतार विश्वकप आफ्नो लागि अन्तिम हुने अर्जेटिनी स्टार मेस्सीको भनाइ

ब्युनोस आयर्स, अर्जेन्टिना । अर्जेन्टिनी फुटबल स्टार लिओनेल मेस्सीले नोभेम्बरमा कतारमा हुन लागेको विश्वकप फुटबल आफ्नो लागि ‘निश्चित रूपमा’ अन्तिम हुने बताउनुभएको छ ।

पेरिस सेन्ट जर्मनका पैँतीस वर्षीय फरवार्डले अर्जेन्टिनाको तर्फबाट चार पटक विश्वकप खेलिसक्नुभएको छ । सो क्रममा १९ खेलमा उनले छवटा गोल गरेको र थप पाँच गोलका लागि सघाएको देखिन्छ ।

सन् २०१४ मा अर्जेन्टिनालाई उहाँले उपविजेताको उपाधि दिलाउनुभयो भने आफ्नो कप्तानीमा सन् २०२१ को कोपा अमेरिकाको उपाधि दिलाउनुभयो । 

मेस्सीले अब आफ्नो देशलाई विश्वकप फुटबलको उपाधि दिलाउन बाँकी छ । “निश्चित रूपमा त्यो मेरो अन्तिम विश्वकप हुनेछ,” उहाँले भन्नुभयो । ईएसपीएनसँग कुरा गर्दै मेस्सीले थप्नुभयो, “मैले विश्वकप फुटबलको दिनगन्ती गरिरहेको छु। एकसाथ चिन्ता र हडबडाहट छ ।”

सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलमा प्रवेश गरेका मेस्सीले अर्जेन्टिनाका लागि कूल १६४ खेलमा ९० गोल गर्नुभएको छ । फिफाको वरीयता क्रममा आर्जेन्टिना तेस्रो स्थानमा रहेको छ।नोभेम्बर २० तारिखबाट शुरू हुने कतार विश्वकप फुटबलअन्तर्गत समूह सीमा अर्जेन्टिनाको भेट साउदी अरब मेक्सिको र पोल्यान्डसँग हुने छ ।

“विश्वकपमा जे पनि हुनसक्छ । सबै प्रतिस्पर्धा कठिन हुन्छन् । लोकप्रिय टोलीहरूले सधैँ जित नै निकाल्छन् भन्ने हुँदैन,” मेस्सीले भन्नुभयो । 

आफ्नो इतिहासका कारण र्ओन्टिना सधैँ एउटा दावेदारको रूपमा रहिआएको बताउँदै उहाँले भन्नुभयो, “अहिले पनि हामी दावेदार हौँ, तर हामी सबैभन्दा लोकप्रिय होइनौँ । मेरो विचारमा हामीभन्दा अरू पनि राम्रा टोली छन् ।” 
–––