🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पाकिस्तानमा आगलागी हुँदा ७ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको पञ्जाव राज्यमा आगलागीमा परी कम्तीमा सात व्यक्तिको मृत्यु भएको छ ।

पञ्जाबको फैसलाबाद शहरको एक आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका पाकिस्तानी प्रहरीले पुष्टि गरेको छ ।शहरको कारखाना बजार क्षेत्रमा रहेको भवनको माथिल्लो तलामा बिद्युत चुहावट हुँदा भएको आगलागीका कारण दुर्घटना भएको हो ।

उद्धारकर्मीका अनुसार उक्त भवनमा करिब ३४ जना बस्दै आएका थिए ।   मृत्यु हुनेमा दुई बालक र दुई बालिका रहेका छन् भने एक बालिका बेपत्ता भएको र बेपत्ता बालिकाको खोजी कार्य जारी रहेको उद्धारकर्मीले बताएका छन् । 
–––