🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

यु-१७ साफ च्याम्पियनसिप : भारतविरुद्ध दुई खेलाडी परिवर्तन, सिमन्त कप्तान

काठमाडौं । यु-१७ साफ च्याम्पियनसिपअन्तर्गत भारतविरुद्धको खेलका लागि नेपालका प्रशिक्षक उर्जन श्रेष्ठले सुरुवाती ११ सार्वजनिक गरेको छन् । चोटका कारण कप्तान प्रशान्त लक्ष्यम टोलीमा छैनन् । उनको स्थानमा सिमन्त थापाले नेपाली टोलीको कप्तानी सम्हाल्नेछन् ।

त्यस्तै पहिलो खेलमा अवसर पाएका सिजन राईले पनि भारतविरुद्ध टोलीमा स्थान बनाउन सकेनन् । उनीहरुको स्थानमा लक्षु थापा र मिराक लिङ्देनले टोलीमा स्थान बनाएका छन् ।  पहिलो खेलमा भुटानलाई हराएका नेपाल र भुटान दुवै सेमिफाइनल प्रवेश गरिसकेका छन् । दुवै टोली जितसहित समूह ‘बी’ को विजेता बन्ने दौडमा छन् ।

नेपाली टोली

गोलकिपरः क्रिसल मोक्तान

रक्षकः सिमान्त थापा(कप्तान), अश्विन घोरासैनी,दिपक थापा मगर

मिडफिल्डरः युनिस बुढाथोकी , हरिस भट्ट,निशान्त तामाङ,मिराक लिङदेद, लक्षु थापा

स्ट्राइकरः निरोज कार्की, सुवास बम