🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

सुदीप, स्वागत, युवराज र सुमुया सर्वोत्कृष्ट

काठमाडौं, २१ मंसिर । सुदीप थारु, स्वागता खैजु, युवराज विक र सुमुया देवान यूथ एथलेटिक्स च्याम्पियनसिपको आआफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

यु १६ को पुरुषमा सुदीप र महिलामा सुष्मा तथा यु २० को पुरुषमा युवराज र महिलामा सुमुया सर्वोत्कृष्ट खेलाडी घोषित भएका हुन् । सुमुया बंगलादेशकी हुने भने बाँकी सबै नेपाली खेलाडी हुन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको यु २० उमेर समूह अन्तर्गत १ सय मिटर दौडको पुरुषमा जाजरकोटका युवराज विक (११.०० सेकेन्ड) र महिलामा बंगलादेशकी सुमुया देवान (११.८५ सेकेन्ड), ४ मिटर दौडको पुरुषमा बंगलादेशका जेल्डासर्जिल रसिम खान (५१.६ सेकेन्ड) र महिलामा बंगलादेशकी रुना नस्रत जाहान (१ मिनेट ४ सेकेन्ड), ८ सय मिटर दौडको पुरुषमा कञ्चनपुरका सञ्जीव नेपाली (२० मिनेट ०३.९ सेकेन्ड) र महिलामा जुम्लाकी राममाया बुढा (२ मिनेट २६.३६ सेकेन्ड) पहिलो भए ।

एथलेटिक्स परिवार, नेपालद्वारा आयोजित प्रतियोगिताको यु–२० हाइजम्पको पुरुषमा मोरङका सागर यादव (१.६६ मिटर) र महिलामा विजेश्वरीकी मेलिना श्रेष्ठ, सटपुटको पुरुषमा चितवनका ललित राउन (१०.७० मिटर) र महिलामा दाङकी सुशीला चौधरी (९.६२ मिटर)ले स्वर्ण जिते ।

यु–१६ १ सय मिटर दौडको पुरुषमा वीरगन्जका आदेशकुमार यादव (११.२४ सेकेन्ड) र महिलामा भक्तपुरकी स्वागता खैजु तथा ८ मिटर दौडको पुरुषमा बागलुङका बादल कार्की (२ मिनेट ०७.८४ सेकेन्ड) र महिलामा कालिकोटकी भावनाले शीर्ष स्थान हात पारे ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

न्युज कारखाना