अफगानिस्तानको एक जंगलमा बम धमाकामा गम्भीर घाइते भएका सैनिकको प्राइभेट पार्टको चिकित्सकहरूले सफलतापूर्वक ट्रान्सप्लान्ट गरेका छन् । १४ घण्टाको निरन्तर अपरेशन पश्चात दान गरिएको शरीरको प्राइभेट पार्टस् ट्रान्सप्लान गरिएको हो । ती ब्यक्तिको अपरेशन ११ जनाको चिकित्सकको टिमले गरेको थियो । जसमा ९ जना प्लास्टिक सर्जन र दुईजना युरोलोजिकल चिकित्सकहरू सामेल भएका थिए ।
अमेरिकाको बाल्टिमोरस्थित जोन्स हकिङस् अस्पतालमा यो अपरेशन भएको थियो । चिकित्सकले सर्जरीको निम्ति पहिले अंगदान गर्ने व्यक्तिको यौना¨ निकालेका थिए । योभन्दा पहिले पनि अमेरिकाको म्यासाच्यूएट्समा एकजना बिरामीले प्राइभेट अंग ट्रान्सप्लान्ट गराएका थिए । क्यान्सरका कारण उनले गुप्ता¨ गुमाएका थिए । तर, अपरेशनपश्चात पनि उनको गुप्ता¨ सामान्यस्थितिमा आउन नसकेको खबर छ ।



