🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कम्युनिष्ट धरोहर पुष्पलाल–मनमोहन र मदनको अपमान नगरौं 

२०७५ बैशाख ९ गते एमाले र माओवादीकेन्द्रबीच एकीकरण घोषणा गर्ने प्रतिबद्धता कारणबश पूरा हुन सकेन  । तर, त्यही दिन दुई पार्टीका दिग्गज नेताहरुले राष्ट्रिय सभाको मञ्चमा उभिएर वाम एकताबारे आश्वस्त पार्ने कार्यक्रम तय भयो. ।

विश्व क्रान्तिका विलक्षण नायक लेनिनको जन्मजयन्ती थियो त्यो दिन । तर, ब्यानर टाँगिएको फोटो र पार्टीको नामप्रति माओवादी पक्षबाट उग्र असहमति व्यक्त भयो । हो हल्ला र हुटि¨को कारण १ बजे तय भएको कार्यक्रम ३ घण्टा धकेलिएर ४ बजेमात्र शुरु भयो ।

समयको पावन्दीको कारण एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बाहेक अरु शीर्ष नेताहरुले सम्बोधन गर्न भ्याएनन् । लेनिन जयन्तीमा लेनिनको तस्विर राखिनुपर्दथ्यो । अन्तर्राष्ट्रिय कम्युनिष्ट लेजेण्डहरु माक्र्स एंगेल्स, माओ, स्टालिनको फोटो पनि सजाउनु पर्दथ्यो । माओवादी कार्यकर्ताहरुको जिकीर यस्तै रह्यो ।

\"\"

त्यसो त ‘कहीं पे नजर कहीँं पे निशाना भनेझैं’ फोटोको बहानामा रचिएको राजनीतिक खेलको रहस्यबारे पर्दाभित्र थुप्रै साउती भएका छन् । वि.सं. २००६ सालमा संस्थापक महासचिव पुष्पलालको अगुवाईमा सोही दिन अर्थात् २२ अप्रिलमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको थियो । 

 विश्व साम्यवादका गुरुहरुको तस्विरसँगै उछालिएको अपमानको अर्काे पाटो भने खपिनसक्नु देखिन्छ । आजकल माओवादी शिविर र उनीहरु निकटस्थ मिडियाहरुमा मनमोहन अधिकारी र मदन भण्डारीलाई होच्याउने गरी प्रचारबाजी छेडिएको छ । उनीहरु जिकीर छ–‘पुष्पलाल त संस्थापक भए, मनमोहन र मदनलाई किन हाइलाइट गरियो ?’ विश्व कम्युनिष्ट आन्दोलनका हस्तीहरुको सम्मानबारे चिन्ता गर्ने कमरेडहरुले नेपाली माटोको विशिष्टतामा पैदा भएका ‘मेड इन नेपाल’ छवि भएका होनहार अगुवाद्वय मनमोहन–मदनको अवमूल्यन गर्नु किमार्थ असल कुरा हैन ।

नेपाली माक्र्स–लेनिन–माओ भन्नु नै यिनै पुष्पलाल मनमोहन–मदनहरु हुन भन्ने यथार्थ नभुलौं । मनमोहन–मदनको कुरा काट्नु अगाडि नेपाल आमाले जन्माएका यी प्रतिभावान त्यागी कम्युनिष्ट नेताहरुको योगदानलाई स्मरण गरौं । 

कुरा पुष्पलालबाटै सुरु गरौं 
  वि.सं. १९८१ असार १५ गते रामेछापमा जन्मिनुभएका अमर शहीद गंगालालका सहोदर भाइ पुष्पलाल नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव चुनिनुभयो । विलक्षण प्रतिभा अद्भूत वैचारिक क्षमता र त्याग उहाँका विशिष्टता थिए । देशबाट थोरै लिएका र धेरै दिएका पुष्पलाल सक्सेसफूल(सफल)भन्दा ज्यादा युजफुल(उपयोगी) नेता हुनुहुन्थ्यो । 

दूरदर्शी राजनेता पुष्पलालको नेकपा घोषणापत्र र छानिएका रचनाहरु पढ्दा आजका राजनीतिशास्त्र, दर्शनशास्त्र र इतिहासका पीएचडी होल्डर प्रोफेसरहरु फिक्का लाग्छन् । यद्यपि उहाँसँग युनिभर्सिटीको डिग्री थिएन । पुष्पलाल स्कूलिङमा हुर्किएका कम्युनिस्ट नेताहरु सरल, इमान्दार, स्वच्छ र त्यागी देखिन्छन् । नेपालमा पंचायती एकतन्त्रले टिक्न खान नदिएपछि उहाँ वनारसमा निर्वासित भएर पार्टी हाँक्न थाल्नुभयो ।

वैचारिक गुरु पुष्पलाल जीवनको उत्तराद्र्धमा सांगठनिकरुपमा त्यति सफल हुन नसकेपनि प्रजातान्त्रिक शक्तिसँग गठबन्धन गरेर जनआन्दोलन सफल बनाउने उहाँको पवित्र भावनाको कदर गर्दै विं.सं. २०३५ सालमा निधन पश्चात पुष्पलालको अस्तु नेपालमा ल्याएर सेलाइएको थियो । 
 बनारसमा चिसो समोसा खाएर निष्ठा जोगाएका पुष्पलालले सत्तासँग सिद्धान्तको सौदाबाजी गरेनन् ।

वि.सं. २०५८ सालमा मैले पुष्पलालका कुनै समयका सहयोद्धा एवं नेकपाका पोलिटव्युरो सदस्य शैलेन्द्रकुमार उपाध्यायसँग पुष्पलालबारे जिज्ञासा राखेको थिएँ । नेकपामा टिक्न नसकेर राजदरबार पसेर मन्त्री भएका शैलेन्द्रले एकदिन राजा महेन्द्रसँग सोधेछन्–‘सरकार डा.केशरजंग रायमाझीलाई किन प्रधानमन्त्री बनाइबक्सेन ?’ चलाख महाराज महेन्द्रले मुस्कुराउँदै भनेछन्–‘किनकि डा.रायमाझी पी.एल. हैनन् ।’

शैलेन्द्रको दाबीलाई पत्याउने हो भने पीएल अर्थात् पुष्पलाललाई राजा महेन्द्र वीपीभन्दा देशभक्त र प्रतिभावान राजनेता ठान्थे ।अनेक शुत्रहरु लगाएर पुष्पलाललाई प्रधानमन्त्री बनाउन महाराज महेन्द्रले भगिरथ प्रयत्न गरे । तर, पुष्पलालको जवाफ एउटै हुन्थ्यो’–निरङ्कुशताको प्रधानमन्त्री हुनुभन्दा मलाई जनताको काख प्यारो छ ।’ 

ब्यानरमा फोटो किन भनेर हुल्लडबाजहरुले मानमर्दन गरेका मनमोहन अधिकारीको महानता पनि पुष्पलालकै हाराहारीमा छ । नेकपा जन्मिनुभन्दा अगाडि नै कम्युनिस्ट भइसकेका मनमोहन वि.सं.१९७८ काठमाडौंमा जन्मिएका हुन् । भारतीय स्वतन्त्रता संग्राममा समेत सामेल शिष्ट, मृदुभाषी, स्वच्छ र त्यागी देशभक्त मनमोहन नेपाली इतिहासकै सर्वाधिक लोकप्रिय र सफल प्रधानमन्त्री मध्ये एक हुन् ।

यद्यपि पुष्पलाल र मनमोहनको सम्बन्ध कहिले उतार÷चढावपूर्ण कहिले सुमधुर र कहिले चिसो प्रतिस्पर्धाजस्तो देखियो । यी दुवै सांगठनिकरुपमा उत्पात सफल नेता बन्न नसकेकै हो । राणा शाहीदेखि पंचायतीतन्त्रसम्म संघर्षको सुदीर्घ अनुभवले खारिएका मनमोहन अधिकारी वीपी, पुष्पलाल, गणेशमानजस्तै ‘टावर फिगर’ हुन् । मनमोहनमा सत्ता र शक्तिको चरम भोक थिएन ।

झापा आन्दोलनको जगमा उभिएको तात्कालीन क्रान्तिकारी मालेको नजरमा कुनै समय मनमोहनको छवि ‘सेना बिनाको जर्नेल’ जस्तो हुनपुग्यो । पार्टी टाक्सिएको छ, कार्यकर्ताको खडेरी छ, तर मनमोहनको प्रतिष्ठा र उचाई अन्तर्राष्ट्रियस्तरको छ । 

 त्यसैले दूरदर्शी नेता मदन भण्डारी, केपी ओली, माधव नेपालहरुको आफ्नो संगठन र नीति एवं मनमोहनको नेतृत्वको सुरताल मिलाउन माले र मनमोहन नेतृत्वको माक्र्सवादीबीच एकीकरण गर्ने निर्णय गरे । त्यही एकतापछि वि.सं.२०४८ मा बनेको एमालेले अन्तर्राष्ट्रिय पहिचान र मूलधार प्राप्त ग¥यो ।

लेजेन्डरी प्रधानमन्त्रीको रुपमा मनमोहन र त्यसपछि क्रमशः माधव नेपाल, झलनाथ खनाल र केपी ओलीलाई प्राप्त ग¥यो । दुई पैसा कतै हिनामिना नगरेका उच्च चरित्रका धनी मनमोहन पार्टी बाहिर जनताको बीचमा पनि उत्तिकै लोकप्रिय छन । वि.सं. २०५१ मा ९ महिने प्रधानमन्त्री मनमोहनले लाखौं बर्ष इतिहासमा बाँच्ने गरी नेपाली धर्तीबाट विदा लिनुभयो । विश्वविख्यात दार्शनिक भोल्टायर भन्छन्–‘जीवनको सार्थकता त्यागमा छ ।’

 वि.सं. २००९ साल असार १४ गते ताप्लेजुङमा जन्मिएका मदन भण्डारी सत्तामा नपुगेरै आफ्नो विशिष्ट प्रतिभा र देशभक्तिले नेपाली राजनीतिक आकाशमा धुव्रताराझैं चम्किएका महान राजनेता हुनुहुन्छ । नेपाली राजनीतिका सर्वश्रेष्ठ वक्ता मदन भण्डारीले छोटो समयमै करिष्म्याटिक लिडरको छवि बनाउनुभयो ।

व्यक्तिगत लोभानी पापानी र सत्तामोहबाट मुक्त मदन पुष्पलाल स्कुलि¨बाट पैदा भएको त्यागी निडर र भिजनरी नेता हुनुहुन्थ्यो । वि.सं.२०४६ देखि मरणोपरान्त वि.सं. २०५० साल जेठसम्म मूलधारको शक्तिशाली कम्युनिस्ट पार्टीको प्रमुख कमाण्ड सम्हालेका मदनले मनमोहन अधिकारीलाई अध्यक्ष बनाएर त्यागको नमूना प्रस्तुत गर्नुभयो ।

सत्तामोहबाट मुक्त मदनले मनमोहनलाई नै संसदीय दलको नेता(प्रमुख प्रतिपक्षी दलको नेता) बनाएर भावी प्रधानमन्त्री आफू हैन मनमोहन बन्ने मार्ग प्रशस्त गर्नुभयो । फुटेको कौडी पनि दुरुपयोग गर्नुभएन । पद प्रतिष्ठा धनसम्पत्तिको चक्करबाट मुक्त मदन कुशल संगठक, प्रखर लेखक, साहित्यकार र सरल क्रान्तिकारी राजनेता हुनुहुन्थ्यो ।

देशभक्त राजनेता मदन भण्डारी वि.सं. २०३३ सालमा केन्द्रीय सदस्य चुनिएर पोलिटव्यूरो सदस्य हुँदै ०४६ सालमा महासचिव छानिनुभयो । ४१ बर्ष बाँचेका ४ बर्ष छोटो महासचिवकाल अत्यन्त सफल रह्यो । वि.सं. २०४८ सालको पहिलो बहुदलीय आम निर्वाचनमा बहालवाला प्रधानमन्त्री एवं सन्तनेता कृष्णप्रसाद भट्टराईलाई हराएर दुई ठाउँबाट चुनाव जितेपछि विश्वस्तरमा मदनको चर्चा चुलियो ।

विश्वकै नम्बर एक मानिएको न्यूजविकले लेख्यो–‘नेपाल हवेर कार्ल माक्र्स इज एलाइभ’ उहाँले प्रतिपादन गरेको जनताको बहुदलीय जनवादको सफल प्रयोगले आजको एमालेले यति अपरम्पार सफलता हासिल गरेको हो । त्यसैले इतिहासका हाम्रँ महान अग्रजहरुको सम्मान गर्न सिकौं ।