🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

शेयर मार्केट ओह्रालो लाग्दा एमालेलाई धक्का ! एमालेको साखमा अर्थमन्त्रीको प्रहार !!

काठमाडौं, बैशाख १४ गते  । ठीक दुई महिना अघि २०७४ फागुन १४ गते युवराज खतिवडाले अर्थमन्त्रीको कार्यभार सम्हालेको दिनदेखि   ओह्रालो लाग्न  थालेको शेयर बजार उकालो लाग्ने छाँटकाँट अझै देखा परेको छैन।  शेयर मार्केटमा ठूलो–सानो  लगानी गरेर जीवन धान्ने र खेल्ने खेलाडीहरुको पनि भविष्यको चिन्ताले ओंठमुख सुकेको अवस्था  छ। अर्थमन्त्री युवराज खतिवडाले अनावश्यकरुपमा शेयर बजारको बारेमा नकारात्मक टिप्पणी गरेपछि बजार ओह्रालो लाग्न  थालेको हो।  

\"\"

न एमालेको नेता न  कार्यकर्ता ! प्रधानमन्त्री केपी ओली र महासचिव ईश्वर पोखरेलका प्रिय बन्न सफल भएपछि युवराज खतिवडाले  अर्थमन्त्री बन्ने सौभाग्य पाए।  शेयर बजारको बारेमा युवराज खतिवडाको नकारात्मक टिप्पणीका कारण बजार ओह्रालो लागेपछि शेयर बजारमा निर्भर लाखौ कारोबारी/ लगानीकर्ताहरु एमालेको सरकारप्रति रुष्ट बन्न पुगेका छन्।  शेयर बजारका बारेमा अर्थमन्त्री युवराज खतिवडाले गर्ने नपर्ने अनावश्यक टिप्पणी गरेका  कारण बजार ओह्रालो लागेपछि एमालेको राम्रो छविमा धक्का लग्न थालेको छ।  एमालेको छविमा धक्का लाग्ने मात्र होइन गिर्दो शेयर बजारले केपी ओलीको सरकारलाई समेत संकटमा पार्न सक्छ।  

गिर्दो शेयर बजारका कारण बैंकबाट ऋण लिएर लगानी गर्नेहरुको बलड प्रेसर बढेर जीवनको रक्षा गर्न नसक्ने अवस्थामा पुगेका छन्।  हरेक दिन जस्तो नेप्से    ओह्रालो  लाग्ने क्रम रोकिएको छैन। बैंकबाट ऋण लिएर  शेयर बजारमा सानोतिनो लगानी गर्दै परिवार पाल्दै आएका बिष्णु भण्डारीको तर्क भने यस्तो रहेको छ '' एक नम्बरमा ओह्रालो लागेको शेयर बजार उकालो लाग्नका लागि एमालेको सरकार र अर्थमन्त्री बजारप्रति सकारात्मक हुनु पर्यो।''   

''अर्को पक्ष भनेको  जबसम्म online Trading मार्फत लगानीकर्ताकाे हातमा Trading mouse पर्दैन तबसम्म  गलत चलखेल र हर्कतहरू बजारमा  चलिरहन्छन् । तसर्थ हामी  सम्पूर्ण  लगानीकर्ताहरुले यसका  लागि बढी चनाखाे भई सम्बन्धित निकायलाई ताेकिएकाे समयमा online Trading  कार्यान्वयन गराउन निरन्तर दबाब दिन अावश्यक छ । २०७५ जेष्ठतिर हस्तान्तरण गरिने भनिएकाे याे software अाउनु अगावै बजारमा पुन चलखेल सुरू भएकाे भान हुन थालेकाे छ।''

'' हामी सम्पूर्ण लगानीकर्ता चनाखाे नरहे यस्ता गलत  हर्कत गर्नेले हामीलाई  नै नाेक्सान पुर्याउँछन्  । अाजकाे बजारलाई राम्ररी  नियाल्दा के देखियाे भने , प्रत्येक पटक १०/२० कित्ताले बजार मूल्य तल झारिसकेपछि ठूलठूला कित्ता उठाएकाे पाईयाे । यसबाट के स्पष्ट हुन्छ भने थाेरै कित्ताले लगानीकर्ताकाे मनाेबल खसालेर बजार घट्दै छ भन्ने भ्रम सिर्जना गरेर मनाेवैज्ञानिक असर पार्दै डरत्रासकाे खेती  गरी  सस्ताेमा सेयर उठाउने षड्यन्त्र हाे कि भन्ने अाशङ्का तथा प्रश्न उठेकाे छ । अर्थ मन्त्रीको नकारात्मक टिप्पणी बाहेक सबै परिस्थिति उपयुक्त रहेकाे बेला एकाएक बजार घट्नु अस्वभाविक मान्न  सकिन्छ ।  तर पनि घटबढ बजारकाे नियम नै हाे । घटेपछि पुन बढ्नु पर्ने यसकाे चरित्र भित्रै पर्छ। यदि षडयन्त्र र गलत  हर्कतबाट नै घटाउने प्रयत्न भएकाे हाे भने दुखद संदेश हाे । यसले राज्य, सरकार कसैकाे पनि भलाे गर्दैन ।'' 

'' त्यसैले पनि यस्ता सम्पूर्ण  हर्कत अन्त्य गर्न  चाँडाेभन्दा  चाँडाे online trading चाहियाे । बिगतमा ठूलठूला कठिनाई तथा असामान्य परिस्थति पार गर्दै अाएकाे बजार यस्ता चलखेलबाट किन्चित डराउने अवस्था भने छैन । तर, म फेरि पुन जाेडदार दाेहाेर्याउन चाहन्छु कि हामी सम्पूर्ण  लगानीकर्ता एकभई अर्थमन्त्री खतिवडालाई  सच्चिन बाध्य पार्ने र online काराेबारका लागि निरन्तर लागिरहनु अहिलेकाे अनिवार्य अावश्यकता  हाे।'' बजारमा लगानीकर्ता बिष्णु भण्डारी भन्छन– ''बजारमा जति चलखेल हुनुछ , अनलाईन अगाडि नै हुनेहुन् । त्यसपछि बजार स्वत कसैकाे पनि सिन्डिकेटमा रहने छैन । एकाधिकार समाप्त हुनेछ । अनि शेयर बजारका प्रत्येक लगानीकर्ताले घरमै बसेर  स्वविवेक प्रयाेग गर्ने छन्  । बजारकाे स्वर्ण युग सुरू हुने  अपेक्षा गर्न सकिन्छ  ।''

जय नेप्से !