🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

चिनियाँ राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री मोदीबीच नयाँ सम्बन्ध स्थापनाका लागि जोड

बेइजिङ, चीन, १४ वैशाख  चीनका राष्ट्रपति सी चिन फिङ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार चीनको हुवेइ प्रान्तस्थित उहान शहरमा भेटवार्ता भएको छ ।

चीन भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई राष्ट्रपति सीले शहरको एक सङ्ग्रहालयमा स्वागत गरे । 

उक्त अवसरमा दुवै देशका नेताले भारत र चीनबीचको सीमा विवादले निम्त्याएको समस्या समाधानका लागि आयोजित शिखर सम्मेलनमा दुई देशका हिमाली क्षेत्रमा लामो समयदेखि देखिँदै आएको अविश्वासको अवस्थालाई निवारण गर्न नयाँ अध्याय शुरू गर्ने बिषयमा केन्द्रित भएको बताइएको छ ।

उक्त अवसरमा नयाँ दिल्लीबाट चीन पुगेको प्रतिनिधिमण्डलले बेइजिङले अघि सारेको ‘बेल्ट एन्ड रोड’, विश्व व्यापारका लागि आधारभूत संरचना, पाकिस्तान प्रशासित काश्मिरका प्रमुख कार्यक्रम लगायतका बिषयमा चासो उठाएको बताइएको छ । 

नयाँ दिल्लीले पाकिस्तानी काश्मिरी इलाकालाई गैरकानूनी रूपमा ओगटेको विवादित भूमिका रूपमा लिने गरेको छ ।

चिनियाँ राष्ट्रपति सीलाई उद्धृत गर्दै राज्य सञ्चालित सिसीटीभीले भनेको छ, “मलाई विश्वास छ कि भारतीय प्रधानमन्त्री र म यस बैठकबाटै चीन–भारतबीचको सम्बन्धमा नयाँ अध्याय बनाउनका लागि मार्ग प्रशस्त गर्न सफल हुनेछौँ,” चिनियाँ राष्ट्रपति सीले भने ।

दुईदेशले पछिल्लो समयमा असल सम्बन्ध कायम राख्न सफल भएका छन् र आगामी दिनमा सवै क्षेत्रमा निकट साझेदार र सहकार्यका साथ अघि बढ्न आफूले चाहेको नेता सीले बताए ।

हाम्रा देशहरूबीच रहेको मित्रवत सम्बन्धलाई निरन्तर मजबुत पार्दै ‘याङ्से तथा एलो रिभर’ जस्तै नरोकिने गरी अघि बढ्नेछन् ।

उक्त अवसरमा भारतीय प्रधानमन्त्री मोदीले आफूलाई दुई पटकसम्म बोलायर भेट गरेको भन्दै चिनियाँ प्रधानमन्त्री सीलाई धन्यवाद ज्ञापन गरे । यसले उनको भारतप्रतिको माया र मित्रतालाई देखाएको छ ।

विश्वको करिब ४० प्रतिशत जनसङ्ख्या रहेको चीन र भारतलाई विश्वका धेरै समस्या हलगर्ने जिम्मेवारी रहेको र राष्ट्रपति सीसँगको भेट यसका लागि ‘बृहत अवसर’ भएको बताए

राष्ट्रपति सी र मोदी आफ्नै नारालाई स्मरण गर्दै भने, “तपाईको ‘नयाँ युग’ को सपना र हाम्रो ‘नयाँ भारत’ भन्ने धारणा विश्वको उपलब्धिका लागि सही कदम हुनेछ ।”

दुवै देशका नेताले सीमा तथा अन्य विवादलाई प्रत्यक्ष उल्लेख गरेका थिएनन् । दुई देशका नेताबीचको ‘अनौपचारिक’ भनिएको भेटवार्ता शनिवार पनि हुने अधिकारीहरूले जनाएका छन् ।