🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

महोत्तरीका एक वडा अध्यक्षले सेवाग्राहीलाई हातपात गरेको आरोप

 

महोत्तरी,  । सेवाग्राहीलाई महोत्तरीका एक वडा अध्यक्षले हातपात गरेको आरोप लागेको छ ।

वडामा सिफारिस लिन गएको वेला सामान्य विवादको क्रममा बर्दिबास-९ का वडा अध्यक्ष घुरण महतोले हातपात गरेका पीडितले गुनासो गरेका छन् ।

\"\"

(पीडित, वडा-९ कै जितेन्द्र महतो)

घरभाडामा बस्ने ६ महिनासम्म पनि नफर्किएपछि वडा-९ कै जितेन्द्र महतो सटरको चाबी तोड्नुपर्ने सिफारिस लिन २०७९ असार २३ गते  बिहीबार वडा कार्यालय पुगेका थिए ।

पीडित भनिएका जितेन्द्र महतोका अनुसार कोरोना महामारीबाट प्रभावित सर्वसाधारणहरूलाई राहत लिन सिफारिसको लागी गएकी आफ्नी काकीको विषयमा विवाद भएको थियो ।

'काकीको सिफारिसको लागी मैले वडा अध्यक्षलाई अनुरोध गर्दा एक्कासी रिसाउनुभयो,' पीडित भनिएका महतोले भने ।

सामान्य विवाद हुन थालेपछि वडा अध्यक्ष घुरणले मोबाइल निकालेर भिडियो खिच्न थालेको उनको आरोप छ । किन भिडियो खिचेको भन्दा आफूलाई एक झापड हानेको उनले आरोप लगाए ।

यता अध्यक्ष महतोले भने जितेन्द्रमाथि कुनै हातपात नगरेको बताएका छन् । उल्टै महतोले आफूलाई हातपात गर्न खोजेपछि मोबाइल निकालेर रेकर्ड गर्न खोजेको बताए ।

पीडितले इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि दुवै जनालाई यस्तो हर्कत नदोहर्‍याउने सर्तमा प्रहरीले मिलापत्र गराएको छ ।

विशाल बस्नेत/न्युज कारखाना