🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

पश्चिमी वायुले गर्दा बदली र वर्षाको सम्भावना

काठमाडौं, १७ माघ : पश्चिमी वायु पुनःसक्रिय भएका कारण आज देशका अधिकांश भेगमा बदली तथा केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । 

गत शुक्रबार देशको पश्चिमी भेगबाट प्रवेश गरेको उक्त मौसमी प्रणाली केही कमजोर भएपछि मङ्गलबारदेखि क्रमिक सुधार आएको थियो । बुधबार घाम लागे पनि अपराह्नपछि मौसम बदलियो ।

गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायुको प्रभावले अहिले काठमाडौँ उपत्यकासहित मुलुकका विभिन्न स्थानमा बदली छ । अपराह्नपछि केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

पश्चिमी वायुको प्रभाव आज रातिसम्म रहने र शुक्रबारदेखि मौसममा क्रमिक सुधार आउने महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए । “गए रातिदेखि प्रवेश गरेको पश्चिमी वायु अहिले क्रमशः मध्य भेग हुँदै पूर्वतर्फ सर्दैछ । यसरी अघि बढ्दा यो प्रणाली कमजोर हुने भएकाले मौसममा सुधार आउँछ । आगामी शनिबारदेखि आंशिक बदली रहे पनि मौसममा राम्रै सुधार हुने देखिन्छ”, उनले भने ।  

मौसमविद् अर्यालका अनुसार अहिले जे जति मौसमी प्रणाली देखापर्छन् ती पश्चिमबाटै हुन्छन् । विशेष अवस्थाबाहेक पश्चिमी वायुले नै हिउँदे वर्षा गराउँछ । जाडो याम (विन्टर सिजन) को अन्तिम चरण रहेकाले पनि मौसमी गतिविधि हेरफेर भइरहन्छ । अझै एक महीना पश्चिमी वायुको गतिविधि देखापर्ने मौसमविद्को भनाइ छ । 

‘डिसेम्बर, जनवरी र फेब्रुअरी’ विन्टर तथा ‘मार्च, अप्रिल र मे’ लाई प्रिःमनसुन अवधि मानिन्छ । त्यसपछि वर्षायाम अर्थात् मनसुनी (दक्षिण पूर्वी हावाले गराउने) मौसमी प्रणाली अवधिमा अत्यधिक वर्षा हुन्छ । खासगरीः प्रिःमनसुनका बेला अपराह्नपछि या साँझतिर मेघ गर्जनसहित वर्षा हुने र हुरीबतास चल्ने गर्छ । 

राति देशका पश्चिमी भेगका थोरै स्थान र मध्य र पूर्वका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने हिमाली भेगमा हिमपात हुनेछ । शुक्रबार देशको पूर्वी क्षेत्र तथा पहाडी भेगमा मौसम सामान्यतया बदली रहनेछ भने बाँकी भेगमा आंशिक बदली रहनेछ । पहाडी भेग र हिमाली क्षेत्रका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । रातमा पनि पहाडी भेगका केही स्थानमा हल्का वर्षा र हिमाली क्षेत्रमा सामान्य हिमपातको सम्भावना छ । 

शनिबार देशका पहाडी भेगमा आंशिक बदली रहनेछ भने बाँकी भेगमा मौसम सामान्यतया सफा रहनेछ । काठमाडौँ उपत्यकामा बिहानैदेखि बदली भएका कारण बढी चिसो महसुस गरिएको छ । महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँको न्यूनतम तापक्रम ३।२ र अधिकतम तापक्रम १८।५ डिग्री सेल्सियस छ । बुधबार काठमाडौँको न्यूनतम तापक्रम घटेर १ डिग्रीमा झरेको थियो । (रासस)