🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला 

काठमाडौं  ।  देशका विभिन्न स्थानमा ६ जना मृत अवस्थामा फेला परेका छन् । ललितपुर, तेह्रथुम, कैलाली, पर्वत, रौतहट र मोरङमा उनीहरु मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका–८ लुभु बसपार्क नजिक पाटीमा करिब ५० वर्षीय रेशम लामा बुधबार मृत अवस्थामा फेला परेका छन् । 

तेह्रथुमको फेदाप गाउँपालिका–१ ओख्रे बस्ने ४० वर्षीय कर्ण बहादुर खड्का सोही ठाउँस्थित कुरूङबाङ चोक नजिक बाटोमा बुधबार मृत अवस्थामा फेला परेका छन् । कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियास्थित बसपार्क पछाडी गोदावरी नगरपालिका–४ बास्कोटा बस्ने ६० वर्षीय इन्द्र मल्ल बुधबार मृत अवस्थामा फेला परेका छन् । पर्वतको फलेबास नगरपालिका–४ थुमीस्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ४५ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । 

रौतहटको गौर नगरपालिका–३ स्थित सडक छेउमा हाल पहिचान नखुलेका करिब ६० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । मोरङको विराटनगर महानगरपालिका–११ बसपार्कस्थित कुर्सीमा हाल पहिचान नखुलेका करिब ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।