🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

रेणुकाको उपचारमा कमी हुन नदिने खेलकुद मन्त्री गहतराजको प्रतिबद्धता

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज (अथक)ले राष्ट्रिय फुटबल टिमकी कप्तान रेणुका नगरकोटेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।  १९औं एसियाली खेलकुद प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहीबार बिहान बीएण्डबी अस्पताल पुगेका मन्त्री गहतराजले पछिल्लो स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिएका हुन् ।  

प्रशिक्षणका क्रममा दुःखद् घटना भएको भन्दै मन्त्री अथकले नगरकोटेलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताए । यस्तै, घाइतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धतासमेत जनाए । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकलबोन (ब्युटी बोन) भाँच्चिएको थियो । मंगलबार साँझ उनको शल्यक्रिया भएको थियो । 

शल्यक्रियासँगै रेणुका करिब १० साता मैदान बाहिर हुने भएकी छिन् । यस्तै, घरेलु मैदानमा हुने महिला साफ च्याम्पियनसिपसमेत रेणुकाले गुमाउने छिन् ।