🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निर्वाचन नतिजा : कसका लागि ‘मृत्यू’को घण्टी ?

सत्तारुढ गठबन्धनमा आबद्ध राजननीतिक दलका नेताहरुको प्रारम्भिक हिच्किचाहटका वावजुद पनि सरकारले स्थानीय निर्वाचन गराउने निर्णय ग¥यो । निर्वाचन सम्पन्न पनि भयो । यो टिप्पणी लेख्दासम्म ७५३ मध्ये अहिले सबैजसो(७१५) नगर र गाउँपालिकाहरुको  निर्वाचनको परिणाम पनि आइसकेको छ । परिणाम प्राप्त हुन बाँकी पालिकाहरुको परिणामको पनि स्पष्ट संकेत आएको छ । 

यस अवस्थामा निर्वाचन परिणामको लेखाजोखा प्रारम्भ हुनु स्वाभाविक हो र त्यो प्रारम्भ भएको पनि छ ।  यस निर्वाचन २०७९ मा काठमाण्डौं महानगरपालिका र भरतपुर महानगरपालिकाको चुनाव सर्वाधिक चर्चामा रहे र रहेका समेत छन् । भरतपुर महानगरमा रेणु दाहाललाई गठबन्धनका तर्फबाट उम्मेदवारी दिलाउन प्रचण्डले गरेको अस्वाभाविक प्रयत्न र उम्मेदवारी पछि उनलाई जिताउनका लागि उनले अवलम्बन गरेको निर्वाचन आचारसंहिता विपरीतका कृयाकलापहरु अत्यधिक चर्चामा रहेका छन् ।

यस चुनावमा एमालेलाई भित्तामा पु¥याउन नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी  पाँच दलीय गठबन्धन बनाएर चुनावमा संलग्न भए  । त्यसैले सत्ता गठबन्धन र एमालेको बिचको प्रतिस्पर्धा हुने गरी अहिलेको चुनाव भएको अवस्था छ । तर, मतगणना प्रारम्भ भएदेखि नै काठमाडौं महानगरको चुनावमा स्वतन्त्र उम्मेदवार रहेका बालेन साहको अग्रताले उनी नै यस(७५३ पालिकाका उम्मेदवार) चुनावका सर्वाधिक चर्चाका उम्मेदवार बन्न पुगेका छन् ।

एमाले र कांग्रेस दुबैले काठमाण्डौंको चुनावमा आआफ्नो दलको विजय हुने सपना संगालेको बेलामा उनको विजयोन्मुख अग्रताले गटबन्धनमा आबद्ध दल र एमालेलाई झट्का दिएको देखिन्छ ।

गठबन्धनमा आवद्ध दलका नेता र उनीहरुका समर्थकहरुले अहिलेको चुनावमा आफूहरुले एमाले अथवा केपी ओलीलाई पराजित गर्न सफल भएको दावी गर्न थालेको पाइन्छ । तर, यो दावीलाई सत्य मान्न सकिने अवस्था छैन । चुनाव अघि गठबन्धनका नेताहरुले खास गरेर प्रचण्ड र नेपालले ओलीलाई राजनीतिक रुपले समाप्त पार्ने र पुच्छारमा पु¥याउने डिङ् हाँकेका भए पनि कांग्रेससंग मिलेर राज्यशक्तिको दुरुपयोग गर्दा मकसद पूरा भने भएन ।

यसरी एकढिक्का भएर एमालेविरुद्ध चुनावमा गएका माओवादी र एकीकृत समाजवादीभन्दा एमाले धेरै ठूलो दल बन्न सक्नु स्वयंलाई पनि एमालेको उपलब्धिको रुपमा हेर्न सकिने अवस्था छ । तर, मत होइन संख्याको हिसावले भने एमालेको अवस्था पहिले भन्दा कमजोर भएको कुरा पनि स्पष्ट नै छ । कांग्रेस र माओवादीको सहयोग लिएर चुनावमा जाँदा पनि पाँचौं स्थान मात्र प्राप्त गर्न सक्नुले एकीकृत समाजवादीको दयनीय अवस्था देखाउँछ । कांग्रेसको सहयोग नलिइकन चुनावमा गएको भए माओवादी केन्द्रको पनि अहिलेको आधा स्थान प्राप्त हुने थियो थिएन ? त्यो  विश्लेषणको विषय हो । 

  चुनावको नतिजाले यी दलहरुमा एक्लै चुनावमा गएर पनि उल्लेखनीय स्थान प्राप्त गर्न सक्छौं भन्ने हिम्मत  उत्पन्न गराउन सकेन । फलतः एमाले विरोधी यी दलले कहिले १५÷२० वर्षसम्म यही गठबन्धन कायम गर्नुपर्छ भनेर ओलीलाई तर्साउने  र कहिले वामपंथी एकता गर्नुपर्छ र गर्न सकिन्छ भनेर कांग्रेसलाई तर्साउने काम गर्न थालेका छन् । अर्कातिर काठमाडौं जस्ता ठूला शहरहरुमा बालेन्द्र साह र अन्य स्वतन्त्र उम्मेदवारहरुको अग्रतालाई कांग्रेसदेखि एमाले माओवादीसम्मले पचाउन नसकेको समेत देखिन्छ । तर, तथ्य भनेको तथ्य नै हो, लामो इतिहास भएका ठूला दलहरु  एकजना युवा बालेन्द्र साहका अगाडि निरीह जस्ता देखिएका छन् । 

 काठमाण्डौं र झापालगायतका केही पालिकाहरुमा राप्रपाले हासिल गरेको विजयले पनि जनताले एक अर्कामाथि दोष थोपरेर पद र शक्ति प्राप्तिको होडमा मरिहत्ते गरेर लागिरहेका ठूला भनिने दलका ठूला नेताहरुलाई ठूलो झट्का दिएको हुनुपर्छ । यी दलका कतिपय नेता र ती दलका नेताको खुशामद गरेर फाइदा लिंदै आएका कतिपय संचारकर्मीहरु समेतले अहिले बालेन्द्र साहले जिते पनि काम गर्न सक्दैनन् भन्ने राग अलापेर आफूलाई सम्हाल्ने प्रयत्न गरिरहेका छन् । तर, यथार्थ त्यस्तो छैन, अब जागरुक जनता समाजमा विभाजन गरेर आफ्नो रजगज चलाउंदै आएका यी नेताहरु र दलहरुलाई अब मुलुकको नेतृत्व गर्न दिनुहँुदैन भन्ने टुङ्गोमा पुगेर अघि बढेको जस्तो देखिन्छ । 

  त्यसैले अब दलहरु र तिनका नेताहरुले आफूलाई तत्कालै बदलेनन् भने जनताले उनीहरुको हैसियत बदलिदिने स्पष्ट छ । अहिलेका  प्रधानमन्त्री अहिले पाँचौपटक प्रधानमन्त्री भएका भए पनि उनले मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा र जनताको जीवनस्तर उठाउने काम गरेका छन्  भनेर गर्व गर्न सक्ने ठाउँ अलि कति पनि छैन । हालैको  लुम्बिनी भ्रमणको समयमा उनको शारीरिक अवस्था  अत्यन्त कमजोर भएको देखा प¥यो । प्रचण्ड र माधव नेपाल पनि पटक पटक प्रधानमन्त्री भएकै हुन् । ३०/३५ वा १५/१६ वर्षसम्म लगातार पार्टीको नेतृत्व गरेर  पनि अरुलाई अवसर दिनुपर्छ, हामीहरुले गर्न सक्ने जति ग¥यौं अब केही नयाँ गर्न सक्दैनौ भन्ने भावनाको विकास उनीहरुमा भएको देखिदैन । 

 केपी ओली पनि पटक पटक प्रधानमन्त्री भैसकेका नेता हुन् । अहिलेको निर्वाचनले यी र यी जस्तै पहिले नेतृत्व लिएका दलले अब नेतृत्व हस्तान्तरण गर्ने बेला आएको सन्देश दिएको छ । ओलीले फेरि तालमेल गरेर चुनावमा जाने सपना देख्न छाडेर शंकर पोखरेल जस्ता सापेक्षितरुपले युवा तथा ठूलो विवादमा नपरेका नेतालाई  पार्टी हाँक्ने जिम्मा दिएर आफू सर्वमान्य नेता भएर बस्न उपयुक्त हुन्छ । देउवा र पौडेल जस्ता नेताले पनि शेखरजस्ता केही नयाँ गर्छु भनेर अगाडि आउन खोजेका नेतालाई नेतृत्व  दिएर आफूले विश्राम लिन जरुरी छ । देउवा, ओली, प्रचण्ड र माधव नेपालहरुले अब राजनीतिबाट स्वेच्छिक अवकास नलिने हो भने जनताले नै निर्वाचनमा पराजित गरेर अवकास दिने अवस्था छ । काठमाण्डौंमा सुनिता डंगोलको विजयोन्मुख अग्रता नै जनताले दललाई होइन पुरानो नेतृत्वलाई अस्वीकार गरेका हुन् भन्ने कुरा प्रमाणित गर्छ । 

राजनीतिक नेतृत्वले समयको यो मागलाई पहिचान गरेर गठबन्धन बनाएर चुनावमा जाने विकल्प होइन, नेतृत्व हस्तान्तरण गर्ने विकल्प रोज्न  जरुरी छ । शहर, बजारमा दलहरुविरुद्ध उर्लेको मतदाताको मनोभावना र स्थिति बालेन्द्रलाई असहयोग गरेर होइन सहयोग गरेर र मतदाता र युवाहरुको मनमुटु बुझेर, मनन गरेर मात्र दलहरुले आफूलाई सुधार्न र बचाउन सक्छन् । सबैलाई चेतना भयो ।