🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दश महिनामा २ खर्ब ३० अर्बभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रियो 

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो दश महिनामा भारतबाट २ खर्ब ३० अर्ब ५५ करोड ४४ लाख ६२ हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास नेपाल भित्रिएको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा एक वर्षको अवधिमा भित्रिएकोभन्दा ७० अर्ब रुपैयाँभन्दा बढीको पेट्रोल, डिजेल र एलपीजी ग्यास यसवर्षको पहिलो दश महिनामा भित्रिएको भन्सार विभागले जनाएको छ । 

अघिल्लो आर्थिक वर्ष नेपालले भारतबाट १ खर्ब ६० अर्ब ५४ करोड ४४ लाख ६० हजार रुपैयाँको पेट्रोल, डिजेल र एलपीजी ग्यास आयात गरेको थियो । विभागले आज सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो दश महिनामा भारतबाट १ खर्ब २३ अर्ब ७० करोड ८८ लाख ८१ हजार रुपैयाँको डिजेल आयात गरिएको छ । 

सोही अवधिमा ५४ अर्ब ८३ करोड ९६ लाख ६ हजार रुपैयाँको पेट्रोल नेपाल भित्रिएको छ । २०७८ साउनदेखि २०७९ वैशाखसम्मको अवधिमा भारतबाट नेपालले ५२ अर्ब ५९ लाख ७५ हजार रुपैयाँको खाना पकाउने एलपीजी ग्यास आयात गरेको विभागले जनाएको छ ।