🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

भारतीय सेनाका पूर्व जर्नेल भन्दै ठगी गर्ने दम्पति पक्राउ

सुरुङ्गा, झापा, ३० चैत (रासस) : आफू भारतीय सेनाको भूतपूर्व जर्नेल भएको बताउँदै विभिन्न व्यक्तिबाट लाखौँ रुपैयाँ ठगी गरेर फरार रहेका एक दम्पती बिहीबार झापामा पक्राउ परेका छन् । 

जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा इलाका प्रहरी कार्यालय बिर्तामोडले उक्त दम्पतीलाई बिर्तामोडबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा पाँचथरको साबिक रानीगाउँ–५ घर भई हाल बिर्तामोड बस्दै आएका ४५ वर्षीय प्रकाश भनिने दानबहादुर नेपाल र उनकी ३० वर्षीय श्रीमती ममता नेपाल रहेका छन् । 

चितवनका विभिन्न व्यक्तिलाई भारतीय सेनामा जागिर लगाइदिने भन्दै नगद तथा सुनका गरगहना ठगी गरेर फरार भएको उजुरीपछि जिल्ला प्रशासन कार्यालय चितवनको आदेशमा नेपाल दम्पतीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी नायब उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए  । 

बीस दिनअघि उनीहरु बिर्तामोडस्थित जात्रुवाडी चौक नजिकै कोठा भाडामा लिएर बस्दै आएको सूचना पाएपछि उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ परेका नेपाल दम्पतिलाई जिल्ला प्रहरी कार्यालय झापामार्फत जिल्ला प्रशासन कार्यालय चितवन उपस्थित गराइएको छ । केही समययता विभिन्न बहाना बनाएर सर्वसाधारणलाई ठगी गर्ने गिरोह सक्रिय रहेकाले त्यस्ता गिरोहबाट सजग रहनसमेत प्रहरी नायब उपरीक्षक कोइरालाले आग्रह गरेका छन्  । 
–––