काठमाडौं, चैत्र २९ \\ रामेछापको लिखु तामाकोसी गाउँपालिका-४ स्थित अरुणोदय माविको अगाडी निर्मित उज्जन श्रेष्ठको शालिक बुधबार मध्यराति नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले तोडफोड गरेर ढालेका छन् ।
“एकीकृत जनक्रान्ति- जिन्दावाद !” को नारा लगाउँदै आएका नेकपाका कार्यकर्ताहरुले शालिक तोडफोड गरेको स्थानीयले बताए।
उक्त शालिक गत सोमबार अनावरण गरिएको थियो ।



