🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

निस्दीमा एमालेका थापा पुनः निर्वाचित

रामपुर (पाल्पा), ३ जेठ (रासस) : पाल्पाको निस्दी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार मुक्तबहादुर सारुले छ हजार ६५२ मत प्राप्त गरेर विजयी हुनुभएकोे छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसका गोविन्द अर्यालले तीन हजार ४६६ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी उपाध्यक्षमा एमालेकै तीरणकुमारी श्रेष्ठ छ हजार ६०९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । यहाँका सातवटा वडाध्यक्षमा एमालेको प्यानल विजयी भएको छ ।

वडा नं १ मा यमबहादुर राना, २ मा फत्तेसिंह दर्लामी, ३ मा नवीन्द्र थापा सोती, ४ मा सन्तवीर सुनारी, ५ मा दुर्गाबहादुर सोमै, ६ मा मेखबहादुर सुनारी र ७ मा मुक्तबहादुर पाटा विजयी हुनुभएको छ ।

कूल १५ हजार ८५ मतदाता रहेको निस्दीमा १० हजार ५१५ मत खसेको थियो । यसभन्दा अघि पाल्पामा पूर्वखोला, तिनाउँ, माथागढी गाउँपालिकाको नतिजा सार्वजनिक भइसकेको छ । १० पालिका रहेको जिल्लामा अन्य पालिकाको मत गणना जारी छ ।
–––