🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

खप्तड छेडेदहको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस विजयी

बाजुरा (मार्तडी), ३ जेठ (रासस) : जिल्लाको खप्तड छेडेदह गाउँपालिका अध्यक्ष पदमा नेकपा (एमाले)का दिलबहादुर रावतले तीन हजार ७४७ मत  प्राप्त गरी विजयी हुनुभएको छ । यसैगरी उपाध्यक्षमा तीन हजार ६४२ मत प्राप्त गरी नेपाली कांग्रेसका विसुदेवी नाथ विजयी हुनुभएको छ ।

उहाँका निकटम प्रतिस्पर्धी क्रमशः कांग्रेसका खड्कबहादुर बुढाले तीन हजार ५५८ र एमालेका मनदेवि ओलीले तीन हजार ५९४ मत प्राप्त गर्नुभएको छ ।

सात वडा रहेको खप्तड छेडेदहमा पाँच वडामा कांग्रेस विजयी भएको छ भने दुईवडामा एमालेले जित हासिल गरेको छ ।

कांग्रेसबाट वडा नं १ मा वीरबहादुर रावल, २ मा भक्तबहादुर बुढा, ३ मा विर्कबहादुर रावत, ५ मा जीतबहादुर रावत र ६ मा हर्क विष्ट विजयी हुनुभएको छ ।

त्यस्तै एमालेबाट वडा नं ४ मा दलबहादुर धामी र वडा नं ७ मा खगेन्द्र हादुर रावतसहित सिङ्गो टिम विजयी भएको छ ।
–––