🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

मुस्ताङमा थुनिएको कालीगण्डकी पुरानै स्वरुपमा बग्न थाल्यो

बेनी, ९ माघ (रासस) : मुस्ताङको घरापजोङ गाउँपालिका–१ मा कृषि सामग्री संस्थान नजिकै सुख्खा पहिरोले थुनिएको कालीगण्डकी नदी पुरानै स्वरुपमा बग्न थालेको छ । 

गए राति हिमपातको कारण भूकम्पले चर्किएको जमीन रुखसहित कालीगण्डकी नदीमा खस्दा नदीको नियमित बहाव प्रभावित भएको थियो । दुई वटा रुख कालीगण्डकी नदीमा तेस्रिएको र सुख्खा पहिरोले कालीगण्डकी नदीको पानी केही रोकिएको भए पनि रुखलाई काटेर हटाएसँगै नदी पुरानै स्वरुपमा बग्न थालेको मुस्ताङका सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मीले जानकारी दिए  । उनका अनुसार, अहिले स्काभेटर प्रयोग गरी कालीगण्डकी नदीमा थुप्रिएको सुख्खा पहिरो हटाउने काम भइरहेको छ । 

आज बिहान सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाली सेनाले नदी थुनेको रुख काटेर थुनिएको पानीलाई बग्ने कार्य गराएका थिए । सानो पहिरोले नदीको बहावमा सामान्य बदली मात्रै आएको हुँदा तटीय क्षेत्रमा ठूलो जोखिम नरहेको म्याग्दीका प्रमुख जिल्ल्ला अधिकारी लीलाधर अधिकारीले बताए  । 
–––