🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

प्रधानमन्त्री देउवाकै वडामा कांग्रेस पराजित, बीपी कांग्रेसका भण्डारी निर्वाचित

डडेल्धुरा, ३१ वैशाख । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाको गृह वडामा नेपाली कांग्रेसकै उम्मेदवार पराजित भएका छन् । कांग्रेसबाट विद्रोह गरी कांग्रेस बीपीबाट उम्मेदवार बनेका नरेश भण्डारी विजयी भएका हुन् ।

   भण्डारीले ६ सय ७३ मत ल्याएर विजयी भएका हुन् । कांग्रेस उम्मेदवार चन्द्रबहादुर देउवा पराजित भए । उनले ५ पाँच सय ४४ मत ल्याएका छन् । विजयी भण्डारी कांग्रेस बीपीबाट करुवा चिनाव चिह्न लिएर चुनाव लडेका थिए । 

कांग्रेस डडेल्धुराका पूर्व सभापथि कर्णबहादुर मल्लले विद्रोह गरी कांग्रेस बीपीबाट जिल्लाभर उम्मदेवार उठाएका थिए । एमालेसँग तालमेल गरेका मल्लले भण्डारीलाई अध्यक्षको उम्मेदवार बनाएको थियो । 

प्रधानमन्त्री देउवाको घर गन्यापधुरा गाउँपालिका-१ मा पर्छ । 

न्युज कारखाना