काठमाडाैं । सत्तारुढ दलहरुको गठबन्धनको स्थानीय तह निर्वाचनको गठबन्धन भने भद्रगोल र अविश्वासिलो मात्र होइन, अन्तर्घाती पनि देखिएको छ ।
अहिलेसम्म मतगणना भएका पालिकाको मतको संख्यामाथि विश्लेषण गर्दा त्यस्तो देखिएको हो । खासगरी, कांग्रेसले गठबन्धनमा रहेका दलहरु एकीकृत समाजवादी र माओवादी केन्द्रका उम्मेदवारलाई मतदान नगरेको देखिएको छ ।
पालिकाको जुन प्रमुख पद कांग्रेसले पाएको छ, त्यहाँ स्वतः कांग्रेसले लिड गरेको छ । तर, गठबन्धनका अन्य दलले पाएको उपप्रमुखको पद भने एमालेका उम्मेदवारले लिड गरेका छन् ।
त्यसरी हेर्दा कांग्रेसले माओवादी र एकीकृत समाजवादीबाट मत लिएको तर कांग्रेसले उनीहरुलाई मतदान नगरेको संकेतका रुपमा बुझिन्छ ।
उक्त वडामा नै लामालाई राम्रोसँग भोट आएको छैन । एमालेका उम्मेदवार आनन्द पौडेलभन्दा लामा १४ मतले मात्रै अगाडि छिन् । कांग्रेसले गठबन्धनका अन्य दलका उम्मेदवारलाई मत नहालेको नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिकामा पनि देखिएको छ ।
नुवाकोटको विदुर नपगरपालिकामा अहिलेसम्म भएको मतगणनामा कांग्रेस र माओवादीको गठबन्धनका कांग्रेसका प्रमुखले एमाले उम्मेदवार भन्दा धेरै मत पाएका छन र उपप्रमुख पाएको माओवादीको उम्मेदवारले कम मत पाएको छ । अहिलेसम्म विदुर नगरपालिकामा एमालेले मात्रै जित्दै आएको थियो । एमालेविरुद्ध गठबन्धन गरेका कांग्रेस र माओवादी मिलेका थिए ।
माओवादीलाई नहालेको कांग्रेसको मत राप्रपामा गएको पनि देखिएको छ । विदुरको जस्तै अवस्था धुलिखेल नगरपालिकामा पनि देखिएको छ । कांग्रेस र माओवादीको समर्थनमा एकीकृत समाजवादीले मेयरमा टिकट पाएको थियो । कांग्रेसले उक्त नगरपालिकामा बागी उठाएको थियो ।
अहिले एमालेका उम्मेदवार अशोक ब्याञ्जुलाई समेत पछि पार्दै कांग्रेस कै बागी उम्मेदवारले लिड गरिरहेका छन् । जबकि गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उम्मेदवार धेरै पछाडि परेका छन् । यसरी हेर्दा कांग्रेसले एकीकृत समाजवादीलाई भोट नहालेर वागीलाई हालेको प्रष्टै देखिन्छ ।
हेटौंडा उपमहानगरपालिकामा पनि यस्तै रोग देखिएको छ । हेटौंडाको वडा नम्बर १ को भइरहेको मतगणनामा पनि कांग्रेसबाट अपेक्षित भोट एकीकृत समाजवादीबाट मेयरको उम्मेदवार मिना लामालाई आएको देखिएको छैन । वडा नम्बर १ पहिला कांग्रेसले जितेको वडा हो ।
उक्त वडामा नै लामालाई राम्रोसँग भोट आएको छैन । एमालेका उम्मेदवार आनन्द पौडेलभन्दा लामा १४ मतले मात्रै अगाडि छिन् । कांग्रेसले गठबन्धनका अन्य दलका उम्मेदवारलाई मत नहालेको नमोबुद्ध नगरपालिका, पाँचखाल नगरपालिकामा पनि देखिएको छ ।
अहिलेसम्म मतगणनामा देखिएको प्रवृत्ति हेर्दा कांग्रेसले भोट लिने तर अरुलाई भोट नदिनेजस्तो देखिएको छ । आज देखिएको यो प्रवृत्तिमा परिवर्तन नआएको अवस्थामा एकीकृत समाजवादी र माओवादीले गठबन्धनबाट धोका पाएको अर्थमा विश्लेषण गर्नुपर्ने हुन्छ ।



