🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जिससका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन निर्देशन

 काठमाडौँ, २५ चैत (रासस) : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिमा कार्यरत रहेका कर्मचारीलाई स्थानीय तहमा समाहित हुन सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ । 

मन्त्रालयले आज यहाँ प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा कर्मचारीको अभाव भएपछि समन्वय समितिको कर्मचारी सिधै स्थानीय तहमा समायोजन गर्न लागेको जानकारी दिएको छ । 

स्थानीय शासन सञ्चालन ऐन, २०७४ को दफा ८५ (३) १ मा स्थानीय तहमा कार्यरत कर्मचारीहरु सम्बन्धित स्थानीय तहमा स्वतः समायोजन भएको मानिने व्यवस्था भएको तथा जिल्ला समन्वय समितिका कर्मचारीलाई सम्बन्धित जिल्लाको स्थानीय तहमा खटाउन सकिने व्यवस्था रहेको छ । 

यसरी कर्मचारी खटाउँदा पर्याप्त कर्मचारी नभएका गाउँपालिका र नगरपालिकामा प्राथमिकता दिइने पनि विज्ञप्तिमा भनिएको छ । 

कर्मचारी व्यवस्थापन ऐनको दफा १४ (१) अनुसार समन्वय समितिको सम्पूर्ण स्थायी कर्मचारी स्वतः स्थानीय तहमा समायोजन मानिने मन्त्रालयले जनाएको छ । 

यसरी कर्मचारी समायोजन गर्दा जिल्लाको सबैभन्दा टाढाको दूरीमा रहेको स्थानीय तहमा खटाउनु पर्नेछ । कर्मचारी खटाएको विवरण मन्त्रालयमा समन्वय समितिले बुझाउनु पर्नेछ । 
–––