🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

धार्मिक जात्रामा रथमा करेन्ट लाग्दा ११ जनाको मृत्यु

नयाँ दिल्ली । दक्षिण भारतको तमिल नाडुस्थित एक मन्दिरमा भएको धार्मिक जात्राका क्रममा करेन्ट लागेर कम्तीमा ११ जनाको मृत्यु भएको छ । तञ्जावुर जिल्लामा मन्दिरको रथ उच्च भोल्टको नांगो तारलाई छुँदा करेन्ट लागेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरूमा दुई जना बालबालिका पनि छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर  रहेकाले मृतकको संख्या बढ्ने अधिकारीहरूले अनुमान गरेका छन् ।

उक्त घटनलाई लिएर प्रहरीमा उजुरी गरिएको छ । रथ चलाउने जेनेरेटर सडकको घुम्तीमा अड्किएको उद्धार सेवाका अधिकारी भानुप्रियाले बताए । यसलाई मिलाउन खोज्दा रथको माथिल्लो भाग हाईभोल्टेजको तारसँग छोइएको थियो । सडकमा पानीको खाल्डो नभएको भए मृतकको संख्या अझै बढी हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन् । रथसँगै हिँडेका करिव ५० भक्तजन केही सेकेण्डअघि मात्रै घटनाबाट जोगिन पन्छिएका थिए ।