🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा

काठमाडौँ, ७ मङ्सिर (रासस) जापान अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)ले नेपालको प्रमुखमा युमिको आसाकुमालाई खटाएको छ । 

यसअघिका प्रमुख जुन साकुमाको कार्यकाल सकिएलगत्तै आसाकुमालाई नेपाल प्रमुखमा पठाइएको जाइकाद्वारा मङ्सिर ६ गते बिहीबार जारी विज्ञप्ति जनाइएको छ । यसअघि आसाकुमा जापानस्थित जाइकाकै योकोहामा केन्द्रमा महानिर्देशक पदमा कार्यरत थिए  । 

सन् १९९३ देखि जाइकामा प्रवेश गर्नुभएका आसाकुमाले त्यहाँको विभिन्न विभाग सम्हाल्नुका साथै भूटानस्थित जाइकाको कार्यलयमा सन् २०१२ डिसेम्बरदेखि सन् २०१६ मार्चसम्म प्रमुखको भूमिका पनि निर्वाह गर्नुभएको थियो ।

नेपालमा जाइका प्रमुख हुन पाएकामा खुशी हुँदै आसाकुमाले नेपाल र नेपालीको उत्तरोत्तर प्रगति र विकासमा सहयोग गर्दै जाइकाको मूल नारा ‘विश्वलाई विश्वासका साथ नेतृत्व’लाई प्रगाढ गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरेको विज्ञप्ति उल्लेख छ । 
जाइका नेपालको प्रमुखमा युमिको आसाकुमा