🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

एसियन गेम्स: साइक्लिङ छनोट १६ वैशाखमा

काठमाडौं  । १९औं एसियन गेम्स (एसियाड) का लागि साइक्लिङको राष्ट्रिय टिमको प्रारम्भिक छनोट प्रतियोगिता १६ वैशाखमा  हुने भएको छ । नेपाल साइक्लिङ संघले आगामी सेप्टेम्बरमा चीनको होन्जोउ सहरमा आयोजना हुने  एसियाडमा समावेश भएको खेल साइक्लिङकमा लागि राष्ट्रिय टिमको एकदिने छनोट गर्ने भएको हो । छनोट प्रतियोगिताको काठमाडौंको जगडोल, गोकर्णमा हुनेछ । 

छनोट प्रतियोगितामा १३ औ दक्षिण एशियाली खेलकुदमा पदक विजेता खेलाडीहरू, १३औँ दक्षिण एसियाली खेलकुद पछिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भई पदक विजेता खेलाडीहरू, १३औँ दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरू, रसुवा हाई अल्टिच्युट एमटिबी प्रतियोगिता र लिगलिग एमटिबी प्रतियोगितामा १०औँ स्थानसम्म रहेका खेलाडीहरूले भाग लिन पाउनेछन् ।

सम्पूर्ण छनौट राष्ट्रिय खेलकुद परिषद् (राखेप)को निर्देशनअनुसार हुने संघले जनाएको छ । आवेदन प्राप्त भएपछि छनोट खेलको लागि अन्तिम सहभागिताको नामावलीअनुसार खेलाडीहरूलाई सम्पर्क गरिने पनि संघले जनाएको छ ।छनोट प्रतियोगितामा क्रिस कन्ट्रीतर्फ पुरुष इलिट र  महिला तथा डाउन हिलतर्फ पनि पुरुष इलिट र महिला इलिट गरी कुल चार इभेन्ट समावेश गरिने संघले जनाएको छ ।

सहभागिताको प्रक्रिया वा मापदण्ड

१. १३औँ दक्षिण एसियाली खेलकुदमा पदक विजेता खेलाडीहरू 

२. १३औँ दक्षिण एसियाली खेलकुदपछिका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता भई पदक विजेता खेलाडीहरू

३. १३औँ दक्षिण एसियाली खेलकुदमा बन्द प्रशिक्षणमा समावेश भएका खेलाडीहरू

४. रसुवा हाई अल्टिच्युट एमटिबी प्रतियोगिता र लिगलिग एमटिबी प्रतियोगितामा १०औँ स्थानसम्म प्राप्त गरेका खेलाडीहरू 

छनौट गरिने ईभेन्टहरू

क्रस कन्ट्रीतर्फ

१. मेन ईलिट

२. विमेन ईलिट

डाउन हिल तर्फ

१. मेन इलिट

२. विमेन ईलिट