🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

कांग्रेसको टिकट विवाद : प्रदेशको निर्णय केन्द्रले उल्टायो

 

खोटाङ, १२ वैशाख । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मेयरको टिकट वितरणमा कांग्रेसको प्रदेश र केन्द्रीय समितिको निर्णय बाझिएको छ ।

प्रदेश समितिले धर्मराज पोखरेललाई टिकट दिने निर्णय गरेकोमा केन्द्रीय कार्य समितिले तीर्थराज भट्टराईलाई मेयरको टिकट दिएको छ ।

\"\"

(केन्द्रीय कार्य समितिले तीर्थराज भट्टराईलाई मेयरको टिकट दियाे।)

प्रदेश समितिको निर्णय अनुसार पोखरेल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्न पुगेको केही समयपछि भट्टराई केन्द्रीय समितिले दिएको टिकट लिएर उम्मेदवारी दर्ता गर्न पुगेका थिए । 

पार्टी सभापति शेरबहादुर देउवाले प्रदेशको निर्णय उल्टाउँदै भट्टराई आधिकारिक उम्मेदवार भएको उल्लेख गर्दै पार्टीको उम्मेदवार कायम गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई पत्र पठाएपछि पोखरेलको मनोनयन दर्ता रोकिएको छ । केन्द्रको सिफारिसमा भट्टराईको मनोनयन दर्ता भएपछि पोखरेलले स्वतन्त्र उम्मेदवारी दर्ताको तयारी थालेका छन् । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा पोखरेलले टिकट पाएको भन्दै भट्टराई पक्षका नेता तथा कार्यकर्ताले सोमबार बिहान करिब तीन घण्टा कांग्रेस पार्टी कार्यालयमा घेराउ गर्दै ताला लगाएका थिए । तर पोखरेलको ठाउँमा भट्टराईले नै टिकट पाउने आश्वासनपछि असन्तुष्ट पक्षले ताला खोलेका थिए ।

प्रदेशबाट पोखरेलले टिकट पाएको खबर सार्वजनिक भएपछि कांग्रेस दिक्तेल रुपाकोट मझुवागढी नगर समितिका सभापति प्रकाश श्रेष्ठ नेतृत्वको टोली विरोध गर्दै पार्टी कार्यालयमा ताला लगाउन पुगेका थिए । 

प्रदेशबाट मेयरको टिकट पाएपछि पोखरेल हेलिकोप्टर चढेर मनोनयन दर्ता गर्न दिक्तेल ओर्लिएका थिए । हेलिकोप्टरबाट ओर्लने बित्तिकै उनीमाथि असन्तुष्ट पक्षले हातपात गरेका थिए । उनलाई सुरक्षाकर्मीले आक्रमणबाट जोगाएर कांग्रेस पार्टी कार्यालयमा पुर्‍याएको थियो ।

केही घण्टा पार्टी कार्यालयमा बसेका पोखरेल सुरक्षाकर्मी सहित मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय जिल्ला अदालत पुगेका थिए । अदालतको गेटबाट भित्र पस्ने बित्तिकै एमालेका नेताले स्वागत गरेका थिए । 

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा चुनावी तालमेलका क्रममा मेयर कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रको भागमा परेको हो । कांग्रेसमा टिकटको लफडा भइरहँदा माओवादी केन्द्रकोतर्फबाट उपमेयरमा बिसन राईको मनोनयन दर्ता भएको छ । टिकट लिने सन्दर्भमा कांग्रेसभित्र चलेको शक्तीसंघर्षको असर गठबन्धनभित्र पर्ने आकलन छ । यसले एमालेलाई उत्साहित बनाएको छ । 

न्युज कारखाना