🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

जनता मावि प्रकरण : यौन दुर्व्यवहार आरोपित शिक्षक प्रहरी नियन्त्रणमा

 

हेटौंडा, ३ चैत । मकवानपुरको पूर्वी क्षेत्रमा रहेको बागमती गाउँपालिका-८ मा रहेको जनता माद्यामिक विद्यालयका आरोपित शिक्षकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीनै जना शिक्षकलाई प्रहरीले यौन दुर्व्यवहारको आरोपमा नियन्त्रणमा लिएको हो । 

आरोपित लोकबहादुर विक, रुद्रबहादुर विक र हेमबहादुर विकलाई शुक्रबार इलाका प्रहरी कार्यालय फापरबारीले नियन्त्रणमा लिएको हो । विद्यालयमा लामो समयदेखि विद्यार्थीमाथि यौन दुर्व्यवहार गर्दै आएको भन्दै अभिभावकले चैत २४ गते प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका थिए । 

अभिभावकको जाहेरीपछि चैत २५ गते हेमबहादुर बिक आफै प्रहरीको सम्पर्कमा आएका थिए । बाँकी लोकबहादुर बिक र रुद्रबहादुर बिक पनि शुक्रबार सा“झ इलाका प्रहरी कार्यालय फापरवारिमा सम्पर्कमा आएपछि प्रहरीले नियन्त्रणमा लिएको हो । 

इलाका प्रहरी कार्यालय फापरबारीले शुक्रबारनै तीनै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरलाई बुझाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

न्युज कारखाना