🌞
मौसम
काठमाडौं...
साँघु पात्रो
वार
नेपाल समय
💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ💰 सुन: Rs.296,900/तोला │ ⚪ चाँदी: Rs.4,960/तोला │ 💸 रेमिट्यान्स दर तुलना │ 💱 विनिमय दर लोड हुँदैछ... │ ⛽ पेट्रोल: Rs.219/L │ 🥦 तरकारी भाउ
▲ थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ▲
साँघु पात्रो SANGHU NEPALI CALENDAR
तिथि
Sun
सोMon
मंTue
बुWed
बिThu
शुFri
Sat
लोड गर्दै...
© SanghuNews पात्रो sanghunews.com
🕐
नेपाल समय
Nepal Standard Time (UTC+5:45)
☀️
काठमाडौं
...
मौसम लोड हुँदैछ...

दक्षिण कोरियाली होटल भत्काउने उत्तर कोरियाको घोषणा

लन्डन।उत्तर कोरियाले दक्षिण कोरियाको स्वामित्वमा रहेको एउटा होटल भत्काउने घोषणा गरेको छ । सो होटल अन्तर–कोरियाली भेटघाट र बैठकको अन्तिम प्रतीकमध्ये एक हो ।

उत्तर कोरियाली नेता किम जोङ–उनले कुमगाङ सहरमा रहेका दक्षिण कोरियाली सुविधाहरूलाई पुराना र जर्जर भनिरहेकै बेला उत्तर कोरियाको घोषणा आएको हो । सियोलका अधिकारीहरूले उत्तरको एकतर्फी कदम रोक्न आह्वान गरेका छन् । 

उत्तिर कोरियाले एकतर्फी रूपमा होटल भत्काइरहेको घटनाप्रति दक्षिण कोरियाले खेद प्रकट गरेको एकीकरण मन्त्रालयका प्रवक्ता चा देओक–चेओलले बताए । यस विषयमा स्पष्टीकरण र वार्ता  गर्न सीउलले अन्तर–कोरियाली सञ्चार च्यानलहरू प्रयोग गरेको तर उत्तरले बेवास्ता गरेको उनले बताए ।

सन् १९९० को दशकमा दक्षिण कोरियाले उत्तर कोरियाको डायमन्ड माउन्टेन रिसोर्टमा दर्जनौं सुविधाहरू निर्माण गरेको थियो । एजेन्सी